Jagaran Nepal सोमबार, आषाढ ०१, २०७७

अभिनेत्री कंगना रनावतले सुशान्तको निधनमा प्रश्न उठाएकी छिन् ।इन्टाग्राममा एक भिडियो जारी गर्दै उनले सुशान्तको निधनप्रति प्रश्न उठाएकी हुन् ।इन्टाग्राममा लाईभमा आएर उनले भनिन्, “धेरै मिडिया तथा चलचित्रकर्मीले मानसिक स्वास्थलाई लिएर बिचरा भनेको पाए ।

तर के उनीहरुले उ जिउँदो छदाँ उस्को महत्व बुझ्ने कोशिस गरे”यो सु साइड हो वा प्ला न म र्डर ? उनले भनिन् । सुशान्तसँग नजिक रहेकी कंगनाले उस्लाई म र्न बाध्य पारिएको बताउँदै बलिउडकर्मी माथि कडा आक्रोश व्यक्त्त गरेकी छिन् ।

बाचुँञ्जेल कहिल्यै उस्को कामको प्रशंशा गरेउ ? उस्लाई कहिले अघि बढ्न प्रेरित गर्यौं फिल्मी दुनिँया भन्दा बाहिरको परिवारबाट आएर उसले गरेको संघर्षको बारेमा कसैले सकरात्मक रुपमा लेख्यौं परिवारबादलाई मात्र बलिउड देख्ने कलाकारले अहिले मेन्टल हेल्थ भन्दै सहानुभुति दिएको फिटिक्कै सुहाएन ।

रणबिर सिंहको हावा फिल्म गल्ली व्याईले त्यत्रो अवार्ड पाउँदा सुशान्तको “काइपोचे” लाई छायाँमा पारिएको कुरा अहिले आएर ज्ञात भयो कंगना बलिउडमा परिवारबाद हाबी भयो भनेर कडा रुपमा प्रस्तुत हुने र फिल्मी परिवार (बचन र कपुर) भन्दा बाहिरबाट आएकालाई पनि सम्मान गर्नुपर्छ भनेर आवाज उठाउने बहादुर नारीको रुपमा चिनिन्छिन् ।

हिजोमात्र सुशान्तका काकाले उनी आ त्मह त्या गर्ने व्यक्त्ति नभएकोले छानबिन गर्न माग राखेका थिए ।उनको फिल्म ‘छिचोरे’मा उनले आ त्मह त्या गर्नु हुदैन भनेर सन्देश दिएका थिए ।मैले छोरालाई भनेको थिएँ कि जुन दिन तेरो छनौट हुन्छ, बुबा र छोरा बसेर उत्सव (celebrate) मनाऊँला । तर यो त भनेकै थिएन कि यदि छनौट भएन भने के गर्ने ।

हामी सबै गलत गर्दैछौं । सफलता पछिको योजना त सबै सँग हुन्छ, तर यदि गल्तीले असफल भई हालियो भने, विफलतासँग कसरी व्यवहार गर्ने कसैले यसबारे कुरा नै गर्न चाहँदैन ।

छोरा, राम्रो अंकहरू ल्यायौभने, यो कलेजमा भर्ना पाईनेछ, यो कोर्स गर्यौ भने, यो रोजगार पाईनेछ । अरे यार, १० लाख विद्यार्थिहरू परीक्षामा बस्छन्, त्यसमध्ये १० हजार मात्र छानिएका हुन्छन्, बाँकीका ९लाख ९० हजार बच्चाहरु ? तिनीहरूलाई थाहा नै छैन कि अब के गर्ने ? किनकि यसबारे कहिले उनीहरूले तयारी नै गरेनन् । उनीहरूलाई लाग्छ कि उनीहरू परीक्षामा होइन जीवनमा असफल भई रहेका छन् । परीक्षाको नतीजाले निर्णय (decide) गर्दैन कि हामी बिजेता हौं कि हरुवा हौं । यो निर्णय त कोशिश (try) ले गर्दछ कि हामीले कोशिश कत्तिको गरेछौं वा गर्यौं कि गरेनौं ।”उनको फिल्मको यो डाइलगलाई बिर्सदै उनले यो कदम चाले ।