Jagaran Nepal सोमबार, आषाढ ०१, २०७७

सुशान्त सिंह राजपुतकी गर्लफ्रेन्ड रिहा चक्राबती भारतको मुम्बईमा रहेको कोपर अस्पताल पुगेकी छिन् । उनी भाबुक भएको र रोईरहेको तस्विरहरु भारतीय सञ्चारमाध्यम पिंकभिल्लाले सार्वजनिक गरेको हो । आइतबार आ त्मह त्या गरेका सुशान्तले शनिबार उनको घर पुर्याएर आएका थिए ।

आज बिहान बिहारको पटनाबाट सुशान्तको बुवा के के सिंह राजपुत सहित परिवारका अन्य सदस्यहरु पनि मुम्बई स्थित अस्पतलामा पुगिसकेको छन् । ३ दिदीबहिनीका एक्ला भाई सुशान्त आमाको देहान्तपछि निकै तनावग्रस्त थिए ।

बिहान पटनाबाट विमानमा उनको दिदी भिनाजुको साथमा बुबा मुम्बई आइपुगेका हुन । सुशान्तको पो स्टमा र्टम रिपोर्ट पनि बहिनीलाई जिम्मा लगाइसकेको छ । पो स्टमा र्टम रिपोर्टमा उनको निधन सास थुनिएर भएको देखिएको छ।

उनको मृत्यु झु ण्डिएका कारण सास बन्द भएर भएको देखिएको हो। उनले कुनै प्रकारको नसालु पदार्थ सेवन भने नगरेको बताइएको छ । घटनाबारे थप अनुसन्धान जारी छ। राजपूतको आज मुंबईमा अन्तिम संस्कार गरिने तयारी थालिएको छ।