Jagaran Nepal सोमबार, आषाढ ०१, २०७७

एजेन्सी । आइतबार आ’त्मह’त्या गरेका भनिएका भारतीय कलाकार सुशान्तसिंह राजपुतले आ’त्मह’त्या गरेको नभई उनको ह’त्या गरिएको आशंका परिवारले गरेका छन् । उनका परिवारले राजपुतले आ’त्मह’त्या गरेको नभएर उनको ह’त्या गरिएको भन्दै अनुसन्धान गर्न प्रहरीसमक्ष आग्रह गरेका छन् ।

कैयौँ चलचित्रमा खेलेका राजपुत आइतबार मुम्बाई बान्द्रास्थित आफ्नै अपार्टमेन्टमा झु’ण्डिएको अवस्थामा भेटिएका थिए । प्रहरीले पनि उनको आ’त्मह’त्या भएको बताएको थियो । तर राजपुतका मामा आरसी सिंहले सोमबार भनेका छन्– उनले आ’त्मह’त्या गरेको भन्ने बारेमा हाम्रो विश्वास छैन, हामी परिवारका सदस्यहरुले यसको वि’रोध गरेका छौँ उनको ह’त्या भएको छ प्रहरीले राम्रोसँग अनुसन्धान गरोस् ।’

बिहारका प्रहरी कमिसनर मनोज सिंहले घ’टनाको प्रकृति हेर्दा अहिलेसम्म आ’त्मह’त्या नै गरेको जस्तो देखिएको बताएका छन् । भारतीय चलचित्र क्षेत्रका नायक राजपुतका मामा तथा आफन्तहरुले उनले आ’त्मह’त्या गर्ने कुनै कारण नरहेको भनेका छन् भने प्रहरीले आ’त्मह’त्या गरेको बारेमा कुनै सु’सा’इड नोट पनि नभेटिएको बताएको छ । –एएनआई