Jagaran Nepal सोमबार, आषाढ ०१, २०७७

एजेन्सी, १ असार । भारतको अत्यन्तै चर्चित टिभी सिरियल पबित्र रिश्ताका कलाकारहरु आफ्नो सहकर्मी सुशान्त सिंह राजपुतको मृत्युको खबर सुनेपछि मिडियामा आउन थालेका छन । यसै बीच उक्त टिभी सिरियलकी अर्की अभिनेत्री स्वाती पनि सुशान्तले चालेको कदमले स्तब्ध भएको भन्दै मिडियामा आफ्नो प्रतिक्रिया दिएकी छिन । स्वाती पबित्र रिश्तामा सुशान्तको छुच्ची भाउजुको रोलमा थिइन ।

स्वतीका अनुसार सुशान्त निक्कै मेहेनती र मिलनसार थिए । भावुक हुदै उनले पवित्र रिश्ताको समय आफ्नो मनमा झल्मली रहेको सुनाइन । सुशान्तले यस्तो निर्णय लिन सक्छन भन्ने आफुले कल्पना सम्म नगरेको स्वातीले बताइन ।

त्यस्तै बलिवुड अभिनेत्री अंकिता लोखन्डेले पुर्वप्रेमी सुशान्त सिंह राजपुतले आ त्मह त्या गरेको खबर सुनेर स्तब्ध भएकी छन । मिडिया रिपोर्टका अनुसार जब अंकितालाई यो दुखद खबर सुनाइँयो उनले चिच्याउदै फोन राखेकी थिइन । तर अहिले सम्म उनले सामाजिक संजालमा कुनै प्रतिक्रिया दिइसकेकी छैन ।

चर्चित टीभी सिरियल ‘पवित्र रिश्ता’ बाट चर्चामा आएका यी जोडी रियल लाइफमा पनि करिब ६ वर्षा लिभ इन रिलेसनमा रहेका थिए । पछी उनीहरुको सम्बन्ध बिग्रिएपछि ब्रेकअप भएको थियो । सुशान्तसिंह राजपुतले मुम्बईको बान्द्रास्थित आफ्नै घरमा उनले आइतबार पा सो लगाएर आ त्मह त्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

राजपुतले सन् २०१३ मा ‘काइपोचे’ फि राजपुतले सन् २०१३ मा ‘काइपोचे’ फिल्मबाट बलिउडमा डेब्यु गरेका थिए। सुशान्त अभिनित ‘केदारनाथ’, ‘छिछोरे’, ‘एम.एस धोनी’, ‘पिके’, ‘शुद्ध देसी रोमान्स’, ‘सोनचिडैया’ लगायतका फिल्म प्रदर्शनमा आएका छन् । फिल्म अगाडि उनी टेलिभिजनमा चर्चित सिरियल पबित्र रिस्ताबाट चर्चित थिए ।

राजपुतले चर्चित भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीको वायोपिकमा मुख्य भूमिका निभाएका थिए। त्यस्तै उनि डान्स रियलिटी शो ‘जरा नच के दिखा २ र झलक दिखला जा ४ मा पनि देखिए।

३४ वर्षीय राजपुतले पछिल्लो समय ‘केदारनाथ’ फिल्ममा अभिनय गरेका थिए। उनका साथीले आज तकलाई बताए अनुसार उनी पछिल्लो ६ महिनादेखि डिप्रेसनको शिकार थिए । राजपुत लकडाउनको समयमा बान्द्रास्थित अपार्टमेन्टमा एक्लै बस्ने गर्थे। उनी डि प्रेसनमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। प्रहरी उनको अपार्टमेन्ट पुगिसकेको छ। पोस्टमार्टम भने हुन बाकी छ ।उनले आ त्मह त्या गर्नु अगाडी आफ्नो इन्स्टाग्राममा आमालाई सम्झिदै अन्तिम पोस्ट यस्तो गरेका थिए । एमएस धोनी चलचित्रमा सुशान्तको बुबाको भूमिकामा अभिनय गरेका अनुपम खेरले उनको निधनको खबर सुनेपछि गहभरी आशु पार्दै सामाजिक संजाल मार्फत यस्तो संदेश दिएका छन ।भिडियो