Jagaran Nepal सोमबार, आषाढ ०१, २०७७

काठमाडौँ । नेपाली बजारमा आज सोमबार सुनको भाउ बढेको छ। आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ८८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज तेजावी सुन प्रतितोला ८९ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ८८ हजार १ सय ६० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ। आज चाँदी १० रुपैयाँले घटेर प्रतितोला ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।