Jagaran Nepal सोमबार, आषाढ ०१, २०७७

कोरोनाले धेरै मानिसको जीवनलाई तहस नहस बनाइ दिएको छ । यस्तै घटना घटेको छ एकजना शिक्षक सँग र उनी जीवन धान्न केरा बेच्ने अवस्थामा पुगे ।उनिहुन भारतको आन्ध्र प्रदेशमा एक चर्चित निजी सकुलमा पढाउने शिक्षक पि बैन्कट सुब्बिया । लकडाउनले उनको नोकरी गुम्यो , उनी स्कुल बाट निकालिए । अनी घर चलाउन ठेलामा केरा बेच्न थाले । जव उनका बिद्यार्थीहरुले यो कुरा थाहा पाए उनिहरुले ८७ हजार भारु जम्मा गरेर आफ्न शिक्षकलाई दिए ।

जब उनी पढाउथे उनको तलब १६००० थियो । केरा बेचेर उनले दिनमा मुस्किलले २०० कमाउन थाले । जव उनका बिद्यार्थीहरुले उनलाई यती ठुलो सरप्राइज दिए उनले शिक्षक हुनुको गौरबलाई फेरी सम्झेर पुन पडाउने निर्णय गरेका छन । दुई बिषयमा मास्टर्स गरेका उनलाई नयाँ बिद्यार्थी भर्ना गर्न नसकेको भनेर जागीर बाट निकालिएको थियो ।