Jagaran Nepal सोमबार, आषाढ ०१, २०७७

काठमाडौँ, १ असार । नेपालबाट असार ७ गते सूर्यग्रहण देखिदै छ । यो ‘वलय सूर्यग्रहण’ हो तापनि नेपालबाट खण्डग्रास सूर्यग्रहण मात्र देख्न सकिन्छ ।

नेपालका लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट सबैभन्दा धेरै ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने र काठमाडौंबाट ८८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने वाल्मिकी क्याम्पसका सहप्राध्याक तथा वरिष्ट खगोलविद जयन्त आचार्यले जानकारी दिए ।

नेपालमा विहान १० बजेर ५५ मिनेटबाट सुरु हुने सूर्यग्रहण अपरान्ह दुई बजेर २४ मिनेटमा समाप्त हुने छ । मध्याह्न १२ बजेर ४१ मिनेट जाँदा काठमाडौंबाट सूर्य करिब ८८ प्रतिशत ढाकिएको देखिन्छ । उक्त समयमा वातावरणीय तापक्रम घटेर चिसो अनुभव हुने छ ।

यदि धर्मशास्त्रमा विश्वास गर्ने हो भने यो सूर्यग्रहण मेषराशि, सिंहराशि, कन्याराशि तथा मकर राशीभएका मानिसले मात्र हेर्न हुन्छ । चन्द्रग्रहण हेर्दा हाम्रो आँखामा कुनै असर गर्दैन तर सूर्यग्रहण नांगो आँखाले हेर्दा त्यसले हाम्रो दृष्टिसमेत गुम्न सक्ने भएकाले अत्यन्तै सावधानी अपनाउनु पर्ने खगोलविदहरु बताउँछन् ।