Jagaran Nepal आइतबार, जेठ ३२, २०७७

काठमाडौं, नेपालमा कोरोना संक्रमणबाट ज्यान गु’माउनेको संख्या १९ पुगेको छ । गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर–९ स्थित उपल्लो तम्घासमा आइसोलेसनमा उपचाररत धुर्कोट गाउँपालिका वडा नम्बर ४ जै’सिथोक निवासी पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो ।गत जेठ १२ गते प्रदेश प्रयोगशाला भैरहवामा गरिएको स्वाब परीक्षणमा उनमा कोरोना पुष्टि भएको थियो । त्यसयता रेसुंगाको आइसोलेशनमा उपचाररत उनको जेठ ३१ गते राति मृ’त्यु भएको गौतमले जानकारी दिए ।

क्या’न्सर रो’गबाट पी’डित उनी भारतबाट आएका थिए । त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ४२५ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका प्रबक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार आज थपिएका संक्रमितहरु रुकुम पश्चिम, गुल्मी , नवल परासी पश्चिम , रुपन्देही , पाल्पा , दैलेख , रौतहट , सिन्धुली , धादीङ, सर्लाही लगायतका जिल्लाका छन् ।आज पुष्टि भएका ४२५ कोरोना संक्रमित सहित नेपालमा कोरोना संक्रमितको सख्या ५७६० पुगेको छ ।