Jagaran Nepal आइतबार, जेठ ३२, २०७७

काठमान्डौ , नेपालमा आज आइतबार पनि कोरोना संक्रमित थपिएका छन् ।पछिल्लो २४ घन्टामा नेपालमा थप ४२५ जना कोरोना संक्रमित थपिएका हुन ।स्वास्थ्य मन्त्रालयका प्रबक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार देशका बिहिन्न प्रयोगशालामा गरिएको परिक्षणमा थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।प्रबक्ता देवकोटाका अनुसार आज थपिएका संक्रमितहरु रुकुम पश्चिम, गुल्मी , नवल परासी पश्चिम , रुपन्देही , पाल्पा , दैलेख , रौतहट , सिन्धुली , धादीङ, सर्लाही लगायतका जिल्लाका छन् ।

आज पुष्टि भएका ४२५ कोरोना संक्रमित सहित नेपालमा कोरोना संक्रमितको सख्या ५७६० पुगेको छ ।आज रुकुम पश्चिममा पनि संक्रमित भेटिएका छन् यो संगै कोरोना संक्रमण फ़ैलिएका जिल्ला ७३ पुगेको प्रबक्ता गौतमले बताए ।त्यस्तै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९ पुगेको छ । गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर–९ स्थित उपल्लो तम्घासमा आइसोलेसनमा उपचाररत धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोक निवासी पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो ।