Jagaran Nepal आइतबार, जेठ ३२, २०७७

काठमाडौं । नेपालमा आइतबार थप ४२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालभर ५ हजार ७ सय ६० जना संक्रमित पुगेका छन् ।

आइतबार देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गर्दै आएको कोरोना अपडेटमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभएकाे छ ।

हालसम्म कोरोना संक्रमण मुक्त भई डिस्चार्ज हुनेमा ९७५ जना रहेका छन् ।