Jagaran Nepal आइतबार, जेठ ३२, २०७७

काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूतले देहत्याग गरेका छन् । उनले मुम्बईको बान्द्रामा रहेको आफ्नै घरमा देहत्याग गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनले डोरी’को पा’सो लगाएर देहत्याग गरेका हुन् । उनले यस्तो निर्णय गर्नुको कारण भने खुलेको छैन । टेलिभिजनबाट आफ्नो अभिनय यात्रा सुरु गरेका उनले पछिल्ला वर्षहरुमा शुद्ध देसी रोमान्स, डिटेक्टिभ ब्योमकेश बक्शी, एमएस धोनीः द अनटोल्ड स्टोरी, काइ पो चे, छिछोरे, केदारनाथ जस्ता चलचित्रमा काम गरेका थिए ।

मेरा दिल नाम टेलिभिजन सिरियलबाट अभियन यात्रा सुरु गरेका उनी ‘पवित्र रिश्ता’ नामक टेलिभिजन शिरियलबाट अति चर्चामा आएका थिए । ३३ बर्षीय राजपुतले भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीको वायोपिकमा मुख्य भूमिका निभाएका थिए। सन् २०१३ मा ‘काइपोचे’ फिल्मबाट बलिउडमा डेब्यु गरेका थिए।

केही दिन अघि उनका म्यानेजरको पनि निधन भएको थियो । शुसान्तको निकै राम्रो अभिनयका कारण आफ्नो करियरमा निकै उकालो चढिरहेका थिए । म्यानेजरले पनि ठूला भवनवाट हा’म फा’लेकी थिइन् । शुसान्तको निकै राम्रो अभिनयका कारण आफ्नो करियरमा निकै उकालो चढिरहेका थिए ।