Jagaran Nepal आइतबार, जेठ ३२, २०७७

काठमाडौँ, ३२ जेठ । नायीका नम्रता श्रेष्ठको आज जन्मदिन परेको छ । नायिका श्रेष्ठ आज आफ्नो ३५ औं जन्मदिन मनाउँदैछिन् । आफ्ना परिवारसँगै जन्मदिन मनाइरहेकी यी नायिकालाई चलचित्र क्षेत्रका चलचित्रकर्मी र दर्शकले भने सामाजिक संजालबाट शुभकामना दिइरहेका छन् ।

चलचित्र ‘सानो संसार’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी यी नायिका पछिल्लो रिलिज चलचित्र ‘जाइरा’सम्म आइपुग्दा दर्शकको मानसपटलमा छुट्टै छाप बनाउन सफल छिन् । नायिका श्रेष्ठलाई हाम्रो तर्फबाट पनि जन्मदिनको शुभकामना ।