Jagaran Nepal आइतबार, जेठ ३२, २०७७

काठमाडौं । चर्चित बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आ’त्मह’त्या गरेका छन्। मुम्बईस्थित आफ्नै घरमा उनी झु’ण्डिएको अवस्थामा फेला परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

बालाजी टेलिफिल्मसका टेलिचलचित्रहरूबाट लोकप्रियता हासिल गरेका राजपुतले ३४ वर्षको कलिलै उमेर संसार छाडेका हुन। उनी लामो समयदेखि डि’प्रेसनको औषधि सेवन गरिरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । उनले एमएस धोनी, काइपे चे, केदारनाथलगायतका सिनेमाहरूमा अभिनय गरेका थिए।

याे पनि पढ्नुहाेसः अब उपत्यका प्रवेशमा कडाइ, उपत्यका छिर्न अब के गर्नुपर्छ ? हेर्नुहाेस

काठमाडौं, ३२ जेठ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दिनहुँ ठूलो संख्यामा बढ्न थालेपछि सरकारले उपत्यका प्रवेशका कडाइ गर्ने निर्णय गरेको छ ।

अब उपत्यका प्रवेश गर्नका लागि आफू बसेको नगरपालिकाको अनुमति अनिवार्य रुपमा देखाउनु पर्ने निर्णय आज (आइतबार) गृह मन्त्रालयमा बसेको बैठकले गरेको छ ।

गृहको निर्णयअनुसार नगरपालिकाले प्रवेशका लागि अनुमति दिएपछि व्यक्तिले उक्त अनुमतिपत्रसहित आफू रहेको जिल्लाको प्रशासन कार्यालयमा सवारी पासका लागि निवेदन दिनुपर्नेछ ।

त्यसपछि जिल्ला प्रशानसन कार्यालयले संक्रमण जोखिम विश्लेषण, यात्रा औचित्यतालाई पुष्टि गर्ने कागजात समेत विचार गरी पास दिन सक्ने गृहले निर्णय गरेको छ ।

काठमाडौं उपत्यका बाहिर जान चाहनेले अत्याश्यक काम खुल्ने कागजात पेश गरेमा तुरुन्तै सवारी पास दिने समेत गृह मन्त्रालले निर्णय गरेको स्रोतले जानकारी दिएको छ ।