Jagaran Nepal आइतबार, जेठ ३२, २०७७

वीरगंज, ३२ जेठ । आफ्नो एम्बुलेन्समा कोरोना संक्रमितलाई अस्पताल लैजाने चालकलाई कोरोना पुष्टि भएको छ । वीरगञ्जमा आइतवार फेला परेको भनिएका नयाँ संक्रमितमा एक जना एम्बुलेन्स चालक भएको बुझिएको छ ।

प्रदेश २ मा आज ९आइतबार० थप ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पर्सामा शुक्रवार देखिएका १७ संक्रमित मध्य एक जना एम्बुलेन्स सञ्चालक भएको बुझिएको हो । प्रदेश २ मा आइतवार ३५ जनामा कोरोना पुष्टि भएको हो । जसमध्य पर्सामा १७, बारा १०, रौतहट ७ र सर्लाहीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

वीरगन्ज स्थित नारायणी अस्पतालको प्रयोगशालामा पिसिआर परीक्षण गरिएका मध्ये ३५ जनाको रिपोर्ट पोजेटिभ आएको हो। यि मध्य पर्साको पोखरीया नगरपालिकाको पोखरीया माध्यमिक विद्यालयको क्वारेन्टाइनबाट भेटिएका १० जना कोभिड १९ का संक्रमितमध्ये एक जना ३५ वर्षे एम्बुलेन्स चालक पनि रहेको खुलेको छ।

उनी पोखरीया नगरपालिका १ का बासिन्दा हुन्। यसभन्दा अघिका संक्रमितलाई गण्डक अस्पताल पुर्‍याएपछि उनलाई क्वारेन्टाइनमा पठाइएको पोखरीया नगरपालिकाकी उपमेयर सल्मा खातुनले बताइन्।

वीरगंजमा आज बिहान थप १७ जनामा पुष्टि भएको हो। पर्सा जिल्लामा कोरोना सङ्क्रमितको १४१ पुगेको छ। शनिवार साँझसम्म पर्सामा कूल सङ्क्रमितको १२४ थियो। आइतवार बिहान ९ बजे ३ महिलासहित १७ जना सङ्क्रमित थपिएपछि कुल १४१ जना पुगेका हुन्।