Jagaran Nepal आइतबार, जेठ ३२, २०७७

काठमाडौं । नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न नेपालले गरेको संविधान संशोधनपछि भारतले कडा प्रतिक्रिया दिएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले वक्तव्य जारी गर्दै भारतको केही क्षेत्रलाई समावेश गरेको नयाँ नक्साका लागि नेपालको संविधान संशोधन भएको नोटमा लिएको बताएका छन् ।

लिम्पियाधुरा, महाकाली र लिपुलेक क्षेत्र आफ्नो भएको नेपालको दाबी ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको भारतको दाबी छ । प्रवक्ता श्रीवास्तवले भनेका छन्, यसले सीमा विवादमा वार्तामार्फत समस्याको समाधान खोज्ने हाम्रो समझदारी पनि उल्लंघन भएको छ ।’ उनले भनेका छन् नेपालले भारतले दिएको वार्ताबाट समस्या समाधान गर्ने वचन र समझदारीको ठाडो उलंघन गरेको छ । त्यसलाई हामीले नजिकबाट हेरेका छौ ।