Jagaran Nepal आइतबार, जेठ ३२, २०७७

गुल्मी । नेपालमा कोरोना संक्रमण बाट थप १ जनाको ज्यान गएको छ ।गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर–९ स्थित उपल्लो तम्घासमा आइसोलेसनमा उपचाररत धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोक निवासी ३६ वर्षीय पुरुषको गएराति मृ’त्यु भएको हो ।स्वास्थ्य गम्भीर हुँदै गएपछि यसअघि उनको उपचारमा संलग्न स्वास्थ्यकर्मीले नै र’गत दिएकी थिइन् । तर कोसिस गर्दागर्दै पनि उनलाई बचाउन चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले सकेनन् ।श’वलाई राति नै उनकै जन्मस्थान नजिकै नेपाली सेनाले व्यवस्थापन गरेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए ।

भारतबाट आएर धुर्कोटको क्वारेन्टिनमा रहेका बेला जेठ १२ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि उनले जेठ १३ गतेदेखि तम्घासमा रहेको आ’सोलेसनमा राखेर उपचार सुरु गरिएको थियो ।तर उनी २ वर्षदेखि आ’न्द्राको क्या’न्सरबाट पनि पीडित भएकाले उपचार कठिन भएको थियो । उनमा र’क्त अ’ल्पताको स’मस्या देखिएपछि उनकै उपचारमा ख’टिएकी स्वास्थ्यकर्मीले र’गत दिएकी थिइन् ।