Jagaran Nepal आइतबार, जेठ ३२, २०७७

जापान । जापानको मिएकेन योक्काइचीमा सडक दुर्घटनामा परी एक नेपाली महिलाको निधन भएको छ । निधन हुने नेपाली चेली सुजाता बास्तोला हुन् । स्थानीय घर पोखरा भएकी बास्तोला श्रीमानसँग डिपेन्डेन्ट भिसामा ६ महिना अघि मात्रै जापान आएकी थिइन ।

आइतबार बिहान करिब ७ बजे कामबाट फर्किने क्रममा उनले चलाएको स्कुटरलाई मिनि ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएकी बास्तोलाको अस्पताल पु¥याउने क्रममा निधन भएको थियो । २२ बर्षीय बास्तोला श्रीमानको साथ बस्दै आएकी थिइन। उनकी श्रीमान भने हाल मिएकेन स्थित सुजुका दाईगक्कोमा अध्ययनरत छन्।