Jagaran Nepal शनिबार, जेठ ३१, २०७७

एजेन्सी । भारतीय लोकप्रिय नायिका दीपिका पादुकोणले आफ्ना पूर्व प्रेमीको तस्विर सामाजिक संजालमा सेयर गरेकी छिन् ।सामाजिक संजालमा औधी सक्रिय दीपिकाले फिल्म ‘ये जवानी है दीवानी’ को सिलसिलामा खिचिएको रणवीरसँगको तस्विर सेयर गरेसँगै अहिले सामाजिक संजालमा भाइरल बनिरहेको छ ।

फिल्मले सात वर्ष पूरा गरेको उपलक्ष्यमा उक्त तस्विर सेयर गर्दै दीपिकाले , ‘हाम्रो पहिलो लुक्स टेस्ट–याद मिठाईको डब्बा जस्तै हुन्छ’ एक पटक खोलेपछि एक टुक्रा खाएर मात्रै पुग्दैन स् नैना तलवार’ भनेर लेखेकी छिन् ।दीपिकाले सेयर गरेको तस्विरमा उनका पति रणवीर सिंहले ‘क्युट’ भनेर कमेन्ट गरेका छन् ।