Jagaran Nepal शनिबार, जेठ ३१, २०७७

काठमाडौं । के हुन्छ जब दुई विद्यार्थीहरुको सिम्बोल नम्बर एउटै हुन्छ ? तर कमजोर शिक्षा प्रणाली भएका देशहरुमा यस खालका घटना पटकपटक देख्न पाइन्छ । भारतमा केही दिनदेखी अनामिका भन्ने महिलाका नाममा २५ जनाले जागिर खाएको खुलासा भएको थियो । अब अहिले बाहिर आएको घटना पनि त्यो भन्दा फरक छैन । भारत, उत्तर प्रदेशमा अनामिका प्रकरणले मुख्य समाचार बनाइसके पछि शिक्षा विभागको अर्को कर्तुत बाहिर आएको छ । यो माध्यमिक शिक्षा परिषद (यूपी बोर्ड) सँग सम्बन्धित प्रकरण हो ।

शैक्षिक सत्र २०१९–२० का लगिएको यूपी बोर्ड माध्यामीक लिखित परीक्षामा एक सिम्बोल नम्बरमा दुई उम्मेद्वारहरूले परीक्षा दिएका थिए । अलगअलग विद्यालयहरूबाट परीक्षा आवेदन दिएका विद्यार्थीहरुमध्ये एक छात्र र अर्को छात्रा रहेका छन् । बुधवार आगरामा व्यावहारिक परीक्षाका क्रममा यो कुरा बाहिर आएको हो । शिक्षा विभागका अनुसार बोर्डलाई यस बारे जानकारी दिइएको छ ।

छुटेका विद्यार्थीहरुको व्यावहारिक परीक्षा बुधबार राजकीय माध्यामीक कलेज शाहगञ्जमा सम्पन्न भयो । लाखन सिंह माध्यमीक कलेजका विद्यार्थी कुलदीप र बराराको एसजीएसबी गर्ल्स माध्यमीक कलेजकी छात्रा आरती पनि परीक्षामा पुगेका थिए । दुबैको सिम्बोल नम्बर ००९४५२२ रहेको छ । सिम्बोल नम्बरसहित दुई उम्मेदवार आउँदा शिक्षकहरु छक्क परे । राजकीय माध्यमीक कलेजका प्रधानाध्यापक अरुणकुमार सिंहले जिल्ला विद्यालय निरीक्षकलाई जानकारी गराएका छन् ।

कुलदीप र आरतीका स्कूलका प्रधानाध्यापकका अनुसार उनीहरूले नियमित अध्ययन गरेका छन्, तिनीहरूको रेर्कड उनीहरुसँग छ । कुलदीपले बाहको हरप्रसाद राजाराम माध्यमीक कलेज र आरतीले पठौलीको किशन सिंह माध्यमीक कलेजमा लिखित परीक्षा दिएका थिए । दुबै विज्ञान संकायका विद्यार्थीहरू हुन् ।

जिल्ला विद्यालय निरीक्षक रविन्द्र सिंहले एउटै सिम्बोल नम्बरका बारेमा बोर्डलाई जानकारी दिइएको बताए । बोर्डले कहाँ गल्ती भएको पत्ता लगाएर यसलाई सुधार गर्ने विश्वास उनले दिलाएका छन् । राजकीय माध्यामीक कलेजमा आयोजित यस परीक्षामा १२० विद्यार्थीले व्यावहारिक परीक्षामा भाग लिएका थिए । जीवविज्ञानमा ८०, रसायनशास्त्रमा २२ र भौतिक विज्ञानमा १८ परीक्षार्थी सहभागि थिए । अमरउजाला