Jagaran Nepal शनिबार, जेठ ३१, २०७७

काठमाडौँ । पूर्वयुवराज्ञी हिमानी शाह आफ्नो दुई छोरी पुर्णिका र कृतिकासँग सामाजिक सञ्जाल टिकटकमा रमाइरहेको भिडियो अहिले भाइरल भइरहेको छ । छोरी पुर्णिका र कृतिका शाहको टिकटक एकाउन्टमा राखिएको भिडियो धेरै भए पछी पूर्व युवराज पारस शाहले पनि सामाजिक संजालमा लब साइन सहित उक्त टिकटक भिडियो आफ्नो प्रोफाइलमा राखेका छन ।

सम्बन्ध बिग्रियो भन्नेहरूको लागि आफ्नो परिवारलाई उत्ति कै माया गर्छन भन्ने यो एउटा प्रमाण देखाइदिएका छन् । पारसले पत्नी हिमानी र छोरीहरु पुर्णिका र कृतिकाको टिकटक भिडियो शेयर गर्दै लेखेका छन् – ‘फ्यामिली’ र चेम्बर अफ माई ग्रेट’ ।

सर्वसाधारणले जस्तै टिकटकलाइ आफ्नो खुसी साट्ने माध्यम बनाएकी सामाजिक अभियन्ता हिमानी शाह यतिबेला टिकटक भिडियोबाटै सामाजिक सञ्जालमा भाइरल बनेको छन् ।

सोमवारमात्र एउटा टिकटक भिडियो भाइरल भएको पूर्व युवराज्ञी हिमानी शाहको छोरीहरुसंग रमाइलो गरेको अर्को टिकटक भिडियो पनि सार्वजनिक भएको छ । पूर्व राजपरिवारका यस्ता ब्यक्तिगत भिडियो र तस्बिर विरलै सार्वजनिक हुने भएकाले अपलोड भएको केही बेरमै भाइरल हुने गर्छ ।

छोरी र श्रीमतीले थाइल्याण्डमा गरेको रमाइलोको टिकटक भिडियो पूर्व युवराज पारस शाहले पनि शेयर गरेका छन् । फेमिलि लेखेर उनले शेयर गरेको भिडियोमा पनि थुप्रै कमेन्ट आएका छन् ।

सोमवार अपलोड भएको भिडियो एकै छिनमा भाइरल भएको थियो । मंगलवार विहानै देखि फेरी अर्को टिकटकको भिडियो सार्वजनिक भएसंगै भाइरल भएको छ । सोमवार सार्वजनिक भएको सोही भिडियो पूर्वयुवराजले पारसले शेयर गरेका हुन् । हिमानीले छोरीद्वय पूर्णिका राज्य लक्ष्मी शाह र कृतिका राज्य लक्ष्मी शाहसँग टिकटककामा अभिनय गरेकी छन् ।छोरीहरुलाई भेट्न थाइल्यान्ड पुगेकी र लकडाउनका कारण अहिले उतै अड्किएकी हिमानी छोरीका साथमा रमाइलो गरिरहेकी छन् ।