Jagaran Nepal शुक्रबार, जेठ ३०, २०७७

बैतडी । भारतबाट फर्केर गाउँको क्वारेन्टाइनमा आइपुगेका दुई जना दलितलाई छुट्टै क्वारेन्टाइनमा राखिएको छ। उनिहरुलाइ खाना र कपडा पनि घरबाटै ल्याउन भनियो । घरबाट खाना र कपडा मगाएर छुट्टै क्वारेन्टाइनमा बसेर भात खाने बेला गाउकै कुकुरले बचेको भात खाएपछि कुकुरलाइ पनि डोरिले बा’धेर तीन दिन देखि सङ्गै राख्न लगाइएको छ

यस्तो घ’टनाले मानवताको वकालत गर्नेअरु लज्जित बनेका छन । एक हप्ता अघि गौरिफान्टा नाका भएर भारतबाट फर्किएका बैतडिको मेलौली नगरपालिका ६ का राम पोखरेल(विश्वकर्मा) र अनिल दयाललाइ छुट्टै क्वारेन्टाइनमा राखिएको हो ।

पोखरेलका अनुसार `सुरक्षणको कारण देखाउदै प्रहरीले हामिलाइ क्वारेन्टाइनमा बसेको चार दिन पछि लक्ष्मिपुर बिधालयबाट गाउँकै अर्को जगदम्बा मा बि को क्वारेन्टाइनमा लगे ।´ नगरपालिकाबाट खाजा र कपडा पनि घरबाटै ल्याउन भनिएको छ क्वारेन्टाइनमा राखेको आज ७ दिन भयो । तीन दिन पहिले गाउकै एकजना गैरदलितको कुकुर आएर बचेको भात खाएपछि कोरोना सर्छ भनेर कुकुरलाइ पनि सङ्गै बाधेर राख्न भनिएको छ ।