Jagaran Nepal शुक्रबार, जेठ ३०, २०७७

कैलाली । आर्थिक अ’भावका कारण आफ्नो अ’शक्त बुवाको उपचारमा कठिनाई आएपछि उपचार खर्चमा सहयोग गरी बुवालाई ब’चाइदिन ६ वर्षीया प्रतिभा खड्काले आग्रह गरेकी छन्। हाल सेती प्रादेशिक अस्पताल, धनगढ़ीमा उपचाररत उनका ३४ वर्षीय बुवा योगेन्द्र बहादुर खड्काको उपचारमा क’ठिनाई र दैनिक हातमुख जोड्न समेत धौधौ भएपछि स्वयम्ले सामाजिक संजाल मार्फत अपिल गरेकी छन्।

डोटीको आदर्श गाउँपालिका निवासी योगेन्द्रबहादुर खड्का २०६९ साल पुस १३ मा सुर्खेतको साविक दशरथपुरमा बस दु’र्घटनामा परी स्पाईनल ईञ्जुरी भई कम्मरभन्दा मुनि चल्न नस’क्ने भएका थिए। जर्मन अन्तराष्ट्रिय नियोग (जीआईजेड ) को एसटीपीपी परियोजना अन्तर्गत एमआरसी नेपाल नामक गैर सरकारी संस्थामा कृषि प्राविधिकको रुपमा कार्यरत रहँदा उनी उक्त दु’र्घट’नामा परेका थिए।

हाल व्हील चेयरको शहारामा रहेका उनका एक ६ वर्षीया छोरी र श्रीमती छन्। वि’पन्न भएकाले उनीलाई परिवारबाट कुनै सहयोग हुन सकेको छैन। शारीरिक रुपमा पूर्ण अशक्त बुवा र आर्थिक अभावमा छ’ट्पटाइर’हेकी आमा हाल धनगढीको सेती अस्पताल छन् भनें ती बालिका आफ्ना एक जना काकाको शहारामा बुवाको सहयोगको लागि प्रार्थना गरेर बसेकी छिन। उनी भन्छिन ‘मेरो बाबालाई ब’चाई दिनुभयो भने म ठुलो भएपछी सबैको गुण तिर्नेथिए।’

उनका बुवालाई उपचारको लागि दैनिक ४ देखि ५ हजारको आवश्यकता छ। हाल केही सहयोगीहरुले उनलाई सहयोग गरिरहेका छन्। जिआइजेडमा कार्यरत कर्मचारीले बुधबार सम्म उनको खातामा नगद २६ हजार सहयोग गरेका छन् भने भने सुदूरपश्चिमका ईञ्जियरहरुको संगठन सिडिइन, रेडक्रस धनगढीमा कार्यरत कर्मचारी एवं केही समाजसेवीले सहयोगको हात अगाडि बढाएका छन्। उनलाई सहयोग गर्न ९८४३४२८१३८ र ९८६८८९६५६८ मा सम्पर्क गर्न सकिने छ।