Jagaran Nepal शुक्रबार, जेठ ३०, २०७७

एजेन्सी । भारतमा एक नायीकाका छोराले महिलालाई न’ग्न तस्बिर पठाएपछि हं’गामा भएको छ । भारतको केरलकी ट्रान्सवुमन मेकअप आर्टिस्ट सीमा विनितले आफुलाई नायिकाका छोराले न’ग्न तस्बिर पठाएको आरोप लगाएकी छन् । मलयालम नायिका माला पार्वतीका छोराले आफूलाई न’ग्न तस्बिर पठाएको भन्दै सीमाले सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दैै त्यसको जानकारी गराएकी हुन् ।

उनको भिडियो सार्वजनिक भएसंगै भारतमा हं’गामा भएको छ । आफ्नो छोरामाथि लागेको आरोपका बारेमा पार्वतीले पनि प्रतिकृया दिएकी छन् । उनले आफ्नो छोराले गल्ती गरेको हो भने बचाउ नगर्ने र कानुनको सहारा लिने बताएकी छन् । उनले आफै सो कुराको वास्तविकता थाहा पाउन प्रहरीलाई रिपोर्ट गरेको पनि बताएकी छन् ।

नवभारत टाइम्समा उल्लेख भएको समाचार अनुसार सीमाले फेसवुकमा लाइभ आएर सो कुराको खुलासा गरेपछि अहिले हं’गामा भएको हो । तर उनले पार्वतीको छोराको नाम भने उल्लेख गरेकी छैनन् । उनले भिडियोमा भनेकी छन् । यो कुरा तीन वर्ष अघि देखि जारी छ ।

तर आफुले पार्वतीका छोराले पठाएका त्यस्ता अश्लिल पोष्ट र तस्बिर आफुले भर्खर मात्र देखेको बताएकी छन् । त्यसवारे पार्वतीसंग कुरा भएको र उनले आफुलाई सहयोग गर्ने प्रतिवद्धता जनाएको पनि उनले उल्लेख गरेकी छन् ।

पार्वतीले आफ्नो छोराको संरक्षण नगरेर आफुलाई साथ दिएको उनको भनाई छ । सीमानले भनिन्, मेरो पोस्ट देखेपछि नायिकाले माफी मागेकी छिन् र आफ्नो छोरालाई ठिक पार्न कोसिस गर्ने बताइन् । उनले मलाई कानूनी कारवाही गर्न र मेरो साथमा भएको पनि बताइन् ।’

यता पार्वतीले पनि फेसवुकमै लाइभ आएर सो कुरा स्वीकार गरेकी छन् । उनले आफुले छोराले साँच्चै गल्ती गरेको हो भने संरक्षण नगर्ने बताएकी छन् । माला पार्वतीले भनिन्, ‘मैले सीमाकी एक साथीसँग कुरा गरेकी थिएँ उनले क्षतीपूर्ती पाए मात्रै यो विषयमा सम्झौता गर्ने बताएकी छिन् ।’ यता सीमाले भने क्षतिपुर्ती नमागेको दावी गरेकी छन् ।

पार्वतीका छोराले आफुलाई माफिगरिदिन भनेर म्यासेज पठाएको पनि बताएकी छन् । यता पार्वतीका छोराले भने यो कुरा दुवैजनाको सहमतिमा भएको प्रतिकृया दिएका छन् ।

पार्वतीले सीमासंग कुरा भएको कुरा आफ्नो छोराले स्वीकार गरेको पनि बताएकी छन् । उनले सीमासंगको सहमतीमै यो कुरा भएको कुरा आफ्नो छोराले भनेकाले वास्तविकता बुझ्न प्रहरीमा रिपोर्ट गरेको पनि बताएकी छन् । उनले भनिन् ‘म सीमाको साथमा छु र आफ्नो छोराको समर्थन गर्दिनँ । मेरो छोराले उनीहरुले एक–अर्कालाई चिनेतको र उनीहरुको कुराकानी पूर्ण रुपमा सहमतीमा भएको हो ।’