Jagaran Nepal शुक्रबार, जेठ ३०, २०७७

काठमाडौं, सांसद सरिता गिरीको घरको मूलढोकामा ढुं’गामुढा गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार महानगरीय प्रहरी परिसर काठमाडौंले बाजुरा घर भई कीर्तिपुरमा बस्दै आएका २८ वर्षीय हेमराज थापालाई न्युरोडबाट पक्राउ गरेको हो। ‘सासंद सरिता गिरीको घरमा ढुं’गामुढा गर्ने हेमराज थापा भन्नेलाई पक्राउ गरिएको हो,’ परिसरका प्रवक्ता तथा डिएसपी राजकुमार केसीले भने। मंगलबार विशालनगरस्थित गिरीको घरको मूलढोकामा थापालगायत केही व्यक्तिहरूले क्ष’ति पुर्‍याएका थिए ।

उनीहरूले ढोकामा का’लोझण्डा समेत राखेका थिए। उनीहरूले उक्त घ’टनाको भिडिओ समेत युट्युबमा हालेका थिए। उनीमाथि थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ। सासंद गिरीले लिम्पियाधुरा र कालापानी स’मेट्न स्रोत र प्रमाण नखुलेको भन्दै नयाँ नक्सा समेट्न सरकारले ल्याएको सं’शोधनमाथि सं’शोधन प्र’स्ताव द’र्ता गराएकी थिइन्। त्यसकै वि’रोधमा केही व्यक्तिले गिरीको निवासमा तो’डफोड गर्न पुगेका थिए।