Jagaran Nepal शुक्रबार, जेठ ३०, २०७७

काठमाडौं- देशभर थप ४ सय ४८ जनामा कोरोना भाइरसको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ४ सय जना ४८ संक्रमित थपिएका हुन् ।

जस मध्य २४ महिला र ४ सय २४ पुरुष रहेका छन् । योसंगै नेपालमा संक्रमितको कुल संख्या ५ हजार ६२ पुगेको छ । त्यस्तै कोरोना बाट मृत्यु हुनेको संख्या १६ पुगेको छ । निको हुनेको सख्या पनि बढेको छ ।