Jagaran Nepal शुक्रबार, जेठ ३०, २०७७

काठमाण्डु– सर्लाहीमा सशस्त्र प्रहरीको गो’ली लागेर एक भारतीयको मृ’त्यु भएको छ । नेपाल प्रवेश गर्न खोज्ने क्रममा प्रहरीले रोक्न खोज्दा ह’तियार खोस्ने प्रयास गरेपछि ती व्यक्तिलाई गो’ली हानिएको थियो । सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी प्रवीण श्रेष्ठले घ’टनामा भारतीयको मृ’त्यु भएको पुष्टि गरे । स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले १० राउण्ड हवाई फा’यर गरेको थियो । श्रेष्ठका अनुसार घ’टनामा सशस्त्रका एक जवान र दुई भारतीय घाइते भएका छन ।

यसैबीच ह’तियार खोस्ने मध्येका भारत सितामढीका ४५ वर्षीय लगन रामलाई प’क्राउ गरिएको छ । करिब डेढसयको संख्यामा आएका भारतीयले नेपाल आउन पाउनुपर्ने भन्दै संग्रामपुरस्थित बोर्डर आउट पोष्ट (बीओपी) मा ल’फडा गरेका थिए । सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले भारतीय त’स्कर समूहसँग झ’डप भएको बताए ।