Jagaran Nepal शुक्रबार, जेठ ३०, २०७७

पश्चिम दाङको हापुरेमा एक व्यक्तिको त्रिशुल प्र’हार गरी ह’त्या भएको छ । बबई गाउँपालिका–३ धनवासको गुन्द्रीबजार निवासी करिव ४६ बर्षीय नारायणप्रसाद डाँगीको त्रिशुल हा’नेर ह’त्या भएको प्रहरीले जनाएको छ ।सोही ठाउँका २४ वर्षीय बालाराम वलीले शुक्रवार विहान घर नजिकै रहेको दुर्गा भगवतीको मन्दिरको त्रिशुल झिकेर घर नजिकै चौतारीमा बसेका डाँगीलाई हानेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले जानकारी दिएका छन् ।

त्रिशुल प्रहा’रबाट घाइते डाँगीको उपचारका लागि तुलसीपुर ल्याउदै गदा बाटोमा मृ’त्यु भएको थियो । मदिराले मातेका वलीले पेट र घाटीमा त्रिशुलले हानेको प्रहरीले जानकारी दिएको छ । डाँगीको ह’त्या गरेपछि आफूले आ’त्मह’त्याको प्रयास गरेको घ’ट्नास्थल रहेका डिएसपी सिंहले बताए ।‘उनले बन्चोरोले आफ्नो सं’वेदन’शिल अंग लिं’गलगायतका ठाउँमा काटेको छ ।’ घाइते अवस्थामा घर नजिकैको जंगलबाट वलीलाई प्रहरीले प’क्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।घाइते वलीको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको डिएसपी सिंहले जानकारी दिएका छन् । घ’ट्ना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । source: news24nepal