Jagaran Nepal शुक्रबार, जेठ ३०, २०७७

मुम्बई । कोरोना भाइरस महामारीबीच बलिउड लामो समयदेखि शोकमा डुबेको छ । लगातर बलिउडमा अप्रिय घटना घटदै आएको छ । यही क्रममा मनोरञ्जन दुनियाँको टिभि कलाकार जागेश मुकातीको निधन भएको छ । भारतीय सञ्चार माध्ययमले जनाए अनुसार पछिल्लो ४–५ दिनदेखि जागेश अस्पतालमा थिए ।

उनलाई श्वाप्रश्वासमा समस्या आइरहेको थियो । तर उपचारको क्रममा उनको जुन १० मा निधन भयो । उनको परिवारले बुधबार नै उनको अन्तिम संस्कार गरेको छ । टिभि शो तारक मेहता की कलाकार अम्बिका रंजनकरले जागेशको निधनप्रति शोक व्क्त गरेकी छन् ।

उनले सामाजिक सञ्जालमा पोस्ट गर्दे लेखेकी छन् –‘दयालु र राम्रो मान्छेलाई भगवानले लग्यो। तपाईको आत्मालाई शान्ति मिलोस । जगेश तपाईलाई सधैँ सम्झने छौँ । ’ अम्बिका र जागेशले धेरै शो मा एकासाथ काम गरेका छन् । जागेश गुजराती थिएटरमा पनि लोकप्रिय कलाकार थिए । उनले टिभि शो ‘अमिता का अमित’,‘ श्री गणेश’ मा पनि काम गरेका थिए ।