Jagaran Nepal शुक्रबार, जेठ ३०, २०७७

पोखरा । गण्डकी प्रदेशमा थप ३० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्याङ्जाका २२, पर्वतका १३ तथा तनहुँ र पूर्वी नवलपरासीका एक÷एक जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । गण्डकी प्रदेशको कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले प्रदेशमा संक्रमितको संख्या १ सय ८८ पुगेको जानकारी दिनुभयाे ।

शर्माका अनुसार स्याङ्जाको गल्याङ नगरपालिकामा १८ जनामा संक्रमण देखिएको छ । यस्तै वालिङ नगरपालिकामा २, अर्जुनचौपारी गाउँपालिकामा एक जनामा संक्रमण देखिएको शर्माले जानकारी दिनुभयाे । उहाँका अनुसार त्यसमध्ये तीन र चार वर्षका दुई बालक पनि छन् ।

यस्तै पर्वतको कुश्मा नगरपालिकामा ८ तथा पैंयु र बिहादी गाउँपालिकामा एक/एकजना तथा ठेगाना स्पष्ट नभएका अर्का एक जनामा पनि संक्रमण देखिएको छ । तनहुँको घिरिङ गाउँपालिका र पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाका एक÷एक जनामा संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।