Jagaran Nepal शुक्रबार, जेठ ३०, २०७७

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज नयाँ कामका विभिन्न अवसर फेला पर्ने छन् । श्रमको उचित मुल्याङन हुनेछ । पार्टनरसिपमा गरिएको कारोबारले राम्रै फाइदा दिनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज राज्यबाट मान सम्मान पाइनेछ । दाम्पत्य जीवनमा मधुरता छाउने छ । ढिलै भए पनि अधुरा काम सम्पन्न हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ । परोपकारका क्षेत्रमा लगानीको समय छ । मान्यजनको सहयोग प्राप्त हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज नयाँ कर्यको थालनी हुनेछ । राजनैतिक र सामाजिक कार्यमा सफलता मिल्ने छ । सहयोगीहरूको राम्रो साथ प्राप्त हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
ठीक समयमा सही निर्णय लिन सकिनेछ । आँटेको र ताकेको कार्य विस्तारै अघि बढ्ला । अध्ययन अध्यापन सफल नै रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज आधुरा र रोकिएका काम सम्पादन हुने योग छ । साथीभाइहरूसँग भेटघाट हुनेछ । व्यापार व्यवसाय विस्तारै सुधार उन्मुख हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज बोलीको प्रभाव बढ्ने र नयाँ कमको थालनी पनि हुनेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउने छन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिवारभित्रका झिना मसिना काममा धेरै समय खर्चनु पर्नेछ । सहयोगी र नातागोताको साथ पाइँदैन । स्वास्थ्यमा खर्च बढ्न सक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज धार्मिक कार्य सफल रहने छन् । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफ्नो प्रयास र काम धन्दाबाट दीर्घकालीक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई अघि बढाउँदा राम्रो हुन्छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । बन्द व्यापार र पेसा व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउने छ । तर्क, विवाद र प्रतिस्पर्धाबाट लाभ हुने छैन ।