Jagaran Nepal शुक्रबार, जेठ ३०, २०७७

काठमाडौं । हुन त मानिस आफैंमा केही न केही नशाको भोगी नै हुन्छ । यस मध्येमा कोही लागु औषध जस्तो नशाको भोगी, कोही धन, कोही रुप त कोही के कोही के । एउटा न एउटा नशा हरेक मान्छेमा हुन्छ । यस्तै नशामा लागेका छन् हिमालयन विद्या निकेतन लहानका शिक्षक अमृत लाल चौधरी । तर चौधरी नशामा परे भन्दैमा आत्ति हाल्नु पर्ने अवस्था भने छैन ।

किन भने अमृत चौधरी त्यस्तो कुनै नराम्रो नशामा लागेको होईनन्, उनलाई साँगीतिक नशा लागेका हो अर्थात हालै अमृत चौधरीले अभिनय गरेको मैथिली गीतको एउटा दमदार भिडियो सार्वजनिक भएको छ । अमृत चौधरीको साथमा मञ्जु चौधरीको अभिनय रहेको अपन दिल द दियने, हमर दिल ल लियने बोलको गीतमा भने सरोज मंडलको शब्द, शैलेन्द्र विस्वकर्माको संगीत तथा श्रवण स्नेही र ज्योति विस्वकर्माको स्वर रहेको ।

उक्त गीतको भिडियोमा भने यज्ञ पराजुलीको छायाँकन, श्याम सिंहको नृत्य, राजाराम शाहको निर्देशन तथा राजिव शाहको सम्पादन रहेको छ । सानै हुदा देखि कलाकार बन्ने ठुलो रहर बोकेका अमृत अभिनयमा जमेर लाग्ने बताउँछन् । आम दर्शकहरुको प्रतिक्रिया अनुसार आगामी दिनमा अझ उत्कृष्ठ भिडियोहरुका साथ उपस्थित हुने उनको भनाई रहेको छ । हेर्नुहोस् यो भिडियो