Jagaran Nepal शुक्रबार, जेठ ३०, २०७७

एजेन्सी – बलिउडका चर्चित अभिनेता इरफान खानको आज भन्दा डेढ महिनाअघि दुखद निधन भयो । लामो समयदेखि क्यान्सर रोगबाट पिडित रहेका उनको अस्पतालमा उपचारकै क्रममा निधन भएको थियो ।

उनको निधन भएको डेढ महिना पग्न लाग्दा पनि अझै धेरैले उनलाई सम्झिरहेका छन् । उनको निधनको खबरले बलिउडका सबै कलाकार शोकमा डुबेका थिए । बलिउडमा धेरैले रुचाएका अभिनेता इरफानलाई अझै पनि सामाजिक सञ्जालमार्फत धेरै कलाकारले सम्झिरहेका छन् ।

यस्तै हालै इरफानसँग फिल्ममा काम गरकी अभिनेत्री राधिका मदानले उनलाई सम्झिएकी छिन् । उनले सामाजिक सञ्जालमा उनलाई सम्झदैँ एउटा पोस्ट गरेकी छिन् ।

फिल्म ‘अंग्रेजी मिडियम’ मा इरफानको छोरीको भूमिकामा निभाएकी अभिनेत्री राधिकाले सामाजिक सञ्जालमा एउटा तस्विर शेयर गरेकी छिन् । तस्बिरमा इरफानले उनलाई अंगालो हालेका छन् । तस्बिर हेर्दा बुबाछोरीको प्रेम देखिएको छ । उनले तस्बिर शेयर गर्दै लेखेकी छिन् , ‘तेरी लड्की मैं’