Jagaran Nepal शुक्रबार, जेठ ३०, २०७७

काठमाडौँ । बलिउड तथा हलिउडसम्म नाम कमाउन सफल अभिनेत्री हुन् प्रियंका चोपडा । पछिल्लो समय उनले हलिउड गायक निक जोनाससँग विवाह गरेर आफ्ना समर्थकलाई ठुलो खुसी दिएकी थिइन्। आफ्नो कामले सधैं प्रशंसा कमाउने एक कुशल अभिनेत्रीको रुपमा पनि पर्छिन्, प्रियंका । चलचित्रमा मात्रै नभएर उनले थुप्रै विज्ञापनहरुमा काम गरेकी छिन्। जसमध्ये एउटा विज्ञापन फेयरनेस प्रोडक्ट्स हो। फेयरनेस प्रोडक्ट्स भन्नसाथ् अश्वेत छालालाई श्वेत बनाउने भनेर बुझिन्छ। अहिले बजारमा यस्ता हजारौं प्रोडक्ट्स छन् जसले अश्वेत छालालाई श्वेत छालामा परिवर्तन गर्ने भनेर दावी गर्छन्।

पछिल्लो समय अमेरिकामा चरमोत्कर्षमा रहेको जोर्ज फ्लोडको पक्षमा नारा लाउने बढ्दो छ। प्रदर्शनकारीहरु ’ब्ल्याक लाइफ म्याटर’ भन्दै नारा लगाइरहेका छन्। जसको अर्थ यस प्रदर्शनमा रंगभेदको बिरूद्ध आवाज उठाइरहेको छ। यसैक्रममा बलिउडका थुप्रै अभिनेता तथा अभिनेत्रीहरुले यसमा समर्थन जनाएका छन्। उनीहरुले जोर्ज फ्लोडको न्यायको पक्षमा रहेर आफ्नो सामाजिक संजालमा समर्थन देखाएका छन्। यसैक्रममा प्रियंका चोपडाले पनि जोर्ज फ्लोडको समर्थनमा रहेर उनका लागि न्याय माग्दै आफ्नो सामाजिक संजालमा टिप्पणी गरेकी थिइन्। जसले, प्रियंका चोपडामाथि नै ब्याकपÞmाइर गरेको छ।यतिबेला सामाजिक संजालमा प्रियंकाको थुप्रै ट्रोलहरु बनेका छन्। उनै प्रियंका चोपडा हुन् जसले अश्वेत छालालाई श्वेत छाला बनाउने प्रोडक्ट्सहरु को इन्डोर्समेन्ट गर्ने गरेकी थिइन्।

यसकारण छाडिन् प्रियंकाले फेयरनेस प्रोडक्ट्सको विज्ञापन गर्न प्रियंकाले एक अन्तरवार्ता मार्फत आफ्नो छाला पनि अश्वेत रहेको अर्थात् डार्क भएको र आफुलाई सबैले काली काली भनेर जिस्क्याउन्दा नराम्रो लाग्ने बताएकी छिन। उनि भन्छिन् ( आफु पंजाबी परिवारबाट आएको र काली भनेर बोलाउँदा साह्रै दुख लाग्ने बताएकी छिन्। उनले चलचित्र क्षेत्रमा आएपछि एक वर्षसम्म फेयरनेस प्रोडक्ट्सको इन्डोर्स गरेकी थिइन्। तर, पछि उनले आफुले डार्क स्किन भएकैमा गर्व महसुस गर्दै त्यस्ता किसिमका प्रोडक्ट्सको विज्ञापन गर्न छाडेकी हुन्। उनि भन्छिन्, ’हामी कसैलेपनि आफ्नो छाला प्रति घृणा गर्नु हुदैन, हामि जस्तो छौं, त्यस्तैनै मानिसहरुले हामीलाई अपाउनु पर्छ’ .त्यसपछि, पनि उनलाई अनेकौं तेस्ता प्रोडक्ट्सहरुको अफर आए तर उनले सबै तेस्ता प्रोडक्ट्सहरु विज्ञापन गर्न अस्वीकार गर्ने गर्छिन।