Jagaran Nepal शुक्रबार, जेठ ३०, २०७७

काठमाडौँ – बलिउडकी चर्चित अभिनेत्री हुन् सोनम कपुर । अभिनेता अनिल कपूरकी छोरी समेत रहेकी सोनम सामाजिक सञ्जालमा पनि निकै सक्रिय रहने गर्छिन् ।

लामो समयको प्रेम सम्बन्धपछि आनन्द आहूजासँग विवाह गरेकी सोनम बलिउडकी सफल अभिनेत्रीमा गनिने गर्छिन् । भारतिय मिडियाहरुमा कहिलेकाही उनले फिल्ममा लिएको पारिश्रमिकका कारण पनि चर्चामा आउने गर्छिन् ।

उनले भारतीय धावक मिल्खा सिंहको जीवनमा आधारित फिल्म ‘भाग मिल्खा भाग’ मा लिएको पारिश्रमिकको अहिले पनि चर्चा हुने गर्छ । बलिउडकै हिट फिल्ममा गनिने फिल्म ‘भाग मिल्खा भाग’ दर्शकले निकै रुचाएका थिए । सन् २०१३ मा आएको यस फिल्ममा अभिनेत्री सोनम कपुरले जम्मा ११ रुपैयाँ भारु मात्र पारिश्रमिक लिएर काम गरेकी थिइन् ।