Jagaran Nepal शुक्रबार, जेठ ३०, २०७७

काठमाडौं – विवेक घिमिरेको निर्देशन रहेको चलचित्र ‘चिनी कम रङ्ग कडा’ को गीत सर्वजनिक भएको छ । चलचित्र ‘चिनी कम रङ्ग कडा’ को ‘सुगन्धि चक्षुले’ बोलको गीत मंगलबार युट्युबमा सार्वजनिक भएको हो ।

यस गीतमा मानव सुबेदीको स्वर रहेको छ भने गायक सुबेदी र सुशील सुबेदीको शब्द रहेको छ । गणेशदेव पाण्डेको निर्माण तथा लेखन रहेको यस चलचित्रमा मानव सुबेदी, सुशील सिटौला, अनु थापा, सूर्य थापा, रविन जङ्ग थापा, जीवन भट्टराई, प्रकाश भुजेल लगायतका कलाकारहरूको अभिनय रहेको छ  भिडियो