Jagaran Nepal शुक्रबार, जेठ ३०, २०७७

काठमाडौं । बलिउडका चर्चित अभिनेता अक्षय कुमार विश्वमै सबैभन्दा धेरै कमाउने भारतीय कलाकार बनेका छन् । बलिउडमा सदाबहार चर्चामा आउने अक्षयका पछिल्ला सबै फिल्म हरु हिट भएका थिए ।

बलिउडमा सफल अभिनेतामा गनिएका उनी सबैभन्दा धेरै कमाउनेमा परेका हुन् । अब फोर्ब्सले जारी गरेको World’s Highest-Paid Celebrities 2020 लिस्टमा उनको इन्ट्री भएको छ । यस लिस्टमा नाम राख्जे उनी बलिउडकै पहिला कलाकार हुन् ।

उनी यस वर्षको १०० मानिसहरुको लिस्टमा परेका छन् । उनले हलिउडका एक्टर्स विल स्मिथ र जेनिफर लोपेज लगायतका कलाकारलाई पछि पार्दै ५२ औँ स्थानमा रहेका छन् । उनले ३६५ करोड भारतीय रुपैयाँ कमाएका छन् ।