Jagaran Nepal शुक्रबार, जेठ ३०, २०७७

काठमाडौं – विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरस अहिले नेपालमा पनि फैलिएको छ । कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकारले २ महिना देखि गरेको लकडाउनका कारण मानिसहरु वाक्क भइसकेका छन् ।

सरकारले लकडाउन केही खुकुलो पनि बनाएको छ तर यसले कोरोनाका बिरामी थपिने डर पनि छ । यस्तै लकडाउनका कारण फिल्मका कामहरु पनि बन्द हुँदा कलाकारहरु घरमै बस्न बाध्य छन् ।

केही कलाकारले लकडाउनले दिक्क लागेको पनि बताउन थालेका छन् । लकडाउनले घरबाहिर निस्कन नपाउदा कलाकारहरुले एक अर्कालाई सामाजिक सञ्जालमार्फत नजिक बनाएका छन् । यस्तो अवस्थामा अभिनेत्री परमिता एलआर राणाको भने एक साथि बनेकी छिन् ।

लकडाउनको समयमा दिन विताउन परमिताको साथि अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता बनेकी छिन् । हालै उनीहरुले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक तस्बिर शेयर गरेका छन् । तस्बिरमा उनीहरुसँगै छन् । एकअर्काका छिमेकी रहेका कविता र परमिता अहिले घनिष्ट साथी बनेका छन् ।