Jagaran Nepal बिहिबार, जेठ २९, २०७७

काठमाडौं – भारतले अतिक्रमण गरेको लिपुलेकसहितको नेपाली भूमी फिर्ता ल्याउनु पर्ने माग उठिरहेको बेला जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले भारतको पक्षमा अभिव्यक्ति दिएकी छिन् । उनले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको हो भन्ने प्रमाण नभएको बताएपछि अहिले उनको चौतर्फी विरोध भइरहेको छ । उनले निरन्तर राष्ट्रिय हित र सीमानाको सुरक्षाविपरित अभिव्यक्ति दिएको भन्दै जतातै विरोध भइरहेको छ । उनले राष्ट्रविरोधी अभिव्यक्ति दिएको भन्दै कारवाहीको माग समेत गरिएको छ ।

उनले दिएको अभिव्यक्तिलाई अहिले सामाजिक सञ्जालभर विरोध गरिएको छ । यस्तै नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री नीता ढुंगानाले पनि गिरीलाई नेपालको लायक नभएको बताएकी छिन् । उनले सामाजिक सञ्जालमार्फत नारीलाई आफ्नै माइती नै प्यारो हुने हुनाले उनले उतै राजनीति गर्दा राम्रो हुने बताएकी छिन् ।उनले भनेकी छिन् – ‘हो नारीलाई आफ्नै माइती नै प्यारो हुन्छ । उतै गएर राजनीति गर्दा कसो होला ? तिमी नेपालको लायक छैनौ ।’