Jagaran Nepal बिहिबार, जेठ २९, २०७७

एजेन्सी – विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण बन्द भएको भारतका फिल्मी बजार अब बिस्तारै खुल्ने भएका छन् । रोकिएका बलिउडका फिल्मी कामहरु पनि अब बिस्तारै शुरु हुन थालेका छन् ।

कोरोनाभाइरसलाई मध्यनजर गरदै बलिउडमा अब फिल्मी कार्यक्रमहरु शुरु गर्ने तयारी गरिएको छ । यस्ते बलिउडका चर्चित अभिनेता रणवीर सिंह अब नयाँ फिल्ममा अभिनय गर्ने भएका छन् ।

उनले पहिलोपटक अभिनेत्री क्याटरिना कैफसँग नयाँ फिल्ममा जोडी बाध्ँने भउका हुन् । भारतिय मिडियाका अनुसार उनीहरुले अब एक साथ एउटै फिल्ममा काम गर्न्े बताइएको छ ।

उनीहरुले एक ग्याङ्स्टर ड्रामा फिल्ममा काम गर्ने बतायएको छ । जोया अख्तरको फिल्ममा यस अघि क्याटरिनाले पनि काम गरेकी छिन् भनेरणवीरले ‘दिल धडकने दो’ र ‘गल्ली ब्वाई’मा काम गरिसकेका छन् । अब भने यी दुवैले एकसाथ एउटै फिल्ममा काम गर्दैछन् ।