Jagaran Nepal बिहिबार, जेठ २९, २०७७

काठमाडौं– बलिउडका बादशाह शाहरुख खानले अहिलेसम्म थुप्रै सुपरहिट फिल्म दिएका छन् । अब उनी जिरो नामक फिल्म लिएर आउने छन् । कतिपयलाई यो थाहा नहुन सक्छ कि शाहरुखले अभिनय गरेका केही फिल्मले हलको मुखै देख्न पाएका छैनन् । शाहरुख अभिनीत झन्डै आधा दर्जन फिल्म कोही निर्माण पूरा नभई बन्द भएका छन् त कोही मुहूर्त गरेर अघि नबढेका पनि छन् । भारतीय अनलाइनले शाहरुखका केही फिल्मबारे रिर्पोट तयार गरेको छ । अहमक शाहरुख मुख्य भूमिकामा रहेको अहमक हल प्रदर्शनमा भने आएन । सन् १९९१ मा निर्माण भएको सो फिल्ममा शाहरुखका साथमा मिता वशिष्ठ र अयुल खान मुख्य भूमिकामा छन् ।

रक्स सन् २००१ मा शाहरुख खानले रक्स नामक फिल्मको सुटिङ गरेका थिए । फिल्ममा शाहरुखका साथमा अमिताभ बच्चन र जुही चावला मुख्य भूमिकामा छन् । रक्स किन प्रदर्शनमा आएन त्यसको कारण भने खुल्न सकेको छैन । एक्ट्रिम सिटी सन् २०११ मा बनेको एक्ट्रिम सिटी पनि शाहरुखको रिलिज हुन नसकेको फिल्म हो । यो हलिउडको फिल्म हो । फिल्ममा शाहरुख खानको साथमा टाइटानिक हिरो लियो नार्दो डी क्याप्रिकोले पनि अभिनय गरेका छन् ।

किसिसे दिल लगाकर देख सन् १९९६ मा सुटिङ शुरु भएको किसिसे दिल लगाकर देखो पनि हल सम्म पुग्न पाएन । निर्माताले बेलैमा रकम व्यवस्था गर्न नसक्दा अड्किएको यो फिल्म दर्शकमाझ कहिल्यै नआउने पक्का छ । शिखर सन् २०९५ मा केही दिन सुटिङ गरिएको शिखर फिल्म पनि दर्शकमाझ आउन पाएन । सुवास घईको निर्देशनमा बनेको शिखरको कथा अलिअलि हेरफेर गर्ने सल्लाह शारुखले दिएका थिए ।