Jagaran Nepal बिहिबार, जेठ २९, २०७७

काठमाडौं –अमिताभ बच्चनको चर्चित कार्यक्रम ‘कौन बनेगा करोडपति’को ११ औं सीजनमा बिहीवार एक यस्तो कन्टेस्टेन्ट आउँदैछिन्, जसलाई देखेर सबै छक्क पर्दछन् ।हरियाणाबाट आएकी डाक्टर उर्मिला धतरवालले जब हट सीटमा बस्नका लागि आफ्नो नाम सुन्छिन्, तब उत्साहका साथ सबैलाई उनले फ्लाइङ किस दिन्छिन् । निकै उत्साहका साथ उनले आफ्नो सीटमा बस्छिन् जसलाई अमिताभ बच्चनले हेरिरहन्छन् ।

कार्यक्रमको बिहीवारको एपिसोडमा डा. उर्मिला फास्टेस्ट फिंगर फस्र्टमा सहि जवाफ दिँदै हट सीटमा बस्छिन् । उर्मिलाको एक भिडियो सार्वजनिक भएको छ, जसमा उनले आफ्नो नाम सुनेर खुशी हुँदै फ्लाइगं किस दिइरहेकी छिन् । हट सीटमा बसिसकेपछि अमिताभले उर्मिलालाई भनेका छन्, यति धेरै फाइङ किस त अहिलेसम्म कुनै कन्टेस्टेन्टले पनि दिएको थिएन ।’ उर्मिलाले अमिताभलाई केही स्वास्थ्य सम्बन्धित जानकारी पनि दिने बताइएको छ । भिडियोमा अमिताभले उर्मिलालाई सोधेका छन्,’धेरै नुन पनि खान हुँदैन, धेरै चीनी पनि खान हुँदैन, खाने चाहीं के ?’ जवाफमा उनले भनेकी छिन्, ‘हावा खाने’ ।