Jagaran Nepal बिहिबार, जेठ २९, २०७७

बलिउड नायिका, मोडल पायल रोहतगी मंगलबार मात्र जमानतमा रिहा भएकी थिइन्। भारतका पहिलो प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरुमाथि आपत्तिजनक टिप्पणी गरेको आरोपमा राजस्थान प्रहरीले अहमदाबादबाट पक्राउ गरेकोमा २५–२५ हजारका दुई मुचल्कामा जमानत दिइएको थियो।

तर उनले आफूले सामाजिक सन्जालमा बोल्न नछाड्ने बताएकी छिन्।पायलले नेहरु परिवारका बारेमा एउटा भिडियो जारी गरेकी थिइन्। भिडियोमा उनले भनेकी थिइन्, ‘मलाई लाग्छ कि कंग्रेस परिवार ट्रिपल तलाकको विरुद्ध यसकारण थियो किनकि मोतीलाल नेहरूका पाँच पत्नी थिए। साथै मोतीलाल नेहरु जवाहरलाल नेहरुका सौतेनी पिता थिए।’