Jagaran Nepal बिहिबार, जेठ २९, २०७७

मनिषालाई हिमानीको साथ : भारतकी छोरी नेपालकै माया, हिमानीको जीवन बदल्ने स्टाटस भिडियो|| पछिल्लो समय सामाजिक संजालमा भाईरलको ट्रेन्ड चलेको छ ।भाईरल हुँदै गर्दा धेरै आलोचनाको सिकार भएका छन भने कोहि तारिफ र वाहवाही पाउदै सेलिब्रेटिको दर्जा पाउन सफल छन् यस्तै नेपालिको मन मुटुमा बस्न सफल पुर्व युवराज्ञी हिमानी शाह पनि यतिबेला सामाजिक संजालमा भाईरल भएकी छन् । उनले सबैको माया त पाईरहेकी नै थिइन् । टिकटकमा एकसाथ ३ भिडियो भाईरल हुदा उनी प्रती धेरैको मन आकर्षित भएको हो ।समाजिक संजालमा यस्तो गतिविधि सहित पहिलो उपस्थिति रहेकोले सबैको लागि विशेष र चाखलाग्दो बिषय बन्न पुग्यो ।यतिबेला सो भाईरल भिडियोलाई उनका पति पारश शाहले पनि आफ्नो आधिकारिक फेसबुकमा अप्लोड गरेका छन् । उनले सो भिडियोमाथी लभको सिग्नल राख्दै परिवार भनेर आफ्नो फेसबुकमा राखेका हुन्

। पारसले भिडियोलाई आफ्नो फेसबुक स्टोरिमा पनि राखेका छनभिडियो पोस्ट गरेपछि ३ हजार बढी लाई आइसकेको छ भने झन्डै ४ सयको हाराहारीमा सकारात्मक कमेन्ट आएको छ । पारस र हिमानीको सम्बन्ध बिग्रीएको भनिएपनि पारसले आफ्नो परिवारप्रती सामाजिक संजालमा यसरी माया दर्साएका हुन् ।हिमानी नाच्दै गरेको उक्त भिडियो उनकी छोरिहरु पुर्णिका शाह र कृतिका शाहको अफिसियल टिकटक एकाउन्टमा अप्लोड गरिएको थियो । अप्लोडको केही घन्टा बित्न नपाउदै भिडियोहरु एकाएक सामाजिक संजालमा भाईरल हुन थालेको थियो । हाल यो समाचार तयार गर्दै गर्दा सोही भिडियोको कारण पुर्णिकालाई पछ्याउनेको संख्या ५० हजार माथी छ ।जबकी उक्त भिडियो अप्लोड गर्नुअघि उनलाई फलो गर्नेको संख्या ८/९ हजारको हाराहारीमा थियो । त्यस्तै कृतिकाको पनि टिकटक एकाउन्टमा फलो गर्नेको संख्या व्हात्तै बढेको छ । भिडियो अप्लोड अघि ६/७ हजारको हाराहारीमा फलोवर्सहरु रहेकोमा भिडियो भाईरल हुँदै गर्दा अहिले २० हजार माथिले कृतिकालाई पछ्याएका छन् उता ‘गुरासको फेदमुनी’गीतमा छोरिहरु संग नाचेको भिडियोलाई २ लाख ५७ हजार बढिले हेरे भने २९ हजार लाईक, १२ सय माथी सकारात्मक प्रतिक्रिया र झन्डै २४ सयले शेयर गरेका छन्

खुशीको खबर ! लिम्पियाधुरा, लिपुलेक र कालापानी सम्बन्धि सरकारले चाल्यो यस्तो कदम !काठमाडौं : सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी सम्बन्धि प्रमाण संकलन गर्न समिति गठन गरेको छ। बुधबारको मन्त्रिपरिषद् बैठकले प्रमाण संकलनका लागि नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष विष्णुराज उप्रेतीको संयोजकत्वमा विज्ञ समूह गठन गरेको हो। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उप्रेतीको संयोजकत्वमा विज्ञ समूह गठन गरेको सरकारका प्रवक्ता तथा अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले जानकारी दिए।

कालापानी, लिपुलेक र लिम्पियाधुरासहितका क्षेत्र समेटेर नक्सा प्रकाशित गरी सरकारले नेपालको वास्तविक भूभाग समेटिएको उक्त नक्सा निशानछापमा समावेश गर्न नेपालको संविधान दोस्रो संशोधन विधेयक जेठ ९ गते सङ्घीय संसद्‍मा दर्ता गराएको थियो। विधेयकमाथि भएको सैद्धान्तिक छलफलबाट विधेयक प्रतिनिधिसभा बैठकबाट पारित भइसकेको छ। सरकारले निशान छाप भित्र समेटिएको नक्सा परिवर्तन गर्न संविधान संशोधन गर्न लागेको हो।

को’रोनाबाट नेपालमा थप १ जनाको मृ’त्यु, ज्यान गु’माउनेको संख्या १६ पुग्यो !अर्घाखाँची। नेपालमा को’रोना स’ङ्क्रमणको कारण थप एक जनाको मृ’त्यु भएको छ । अस्पतालबाट फर्कँदै गर्दा ज्यान गु’माउनुभएका अर्घाखाँचीको मालारानी गाउँपालिका ४ का ५७ वर्षीय पुरुषको को’रोना रिपोर्ट पोजिटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले जानकारी दिनुभयो । घाँ’टीको श’ल्यक्रियासमेत गर्नुभएको उहाँलाई श्वा’सप्रश्वासमा स’मस्या आएपछि उपचारको लागि गएकाे मङ्गलबार जिल्ला अस्पताल सन्धिखर्कले लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएको थियो।

अस्पतालले सामान्य उपचारपछि घरमै आ’राम गर्न सुझाव दिएपछि फर्कँदै गर्नुभएका उहाँको हिजो बाटोमै ज्या’न ग’एको हो । यसअघि १४ दिनदेखि ब्या’डापाटाको सार्वजनिक आधारभूत विद्यालयको क्वरेण्टीनमा बस्नुभएका उहाँको गएको शुक्रबार नै पठाइएको नमुना ह’राएपछि हिजो फेरि स्वाब स’ङ्कलन गरेर परीक्षण गर्दा को’रोना पो’जिटिभ भएको पाइएको हो । रिपोर्ट नआउँदा हिजोदेखि नै श’व रा’तुको चौरमा बे’बारिसे अवस्थामा राखिएको छ ।योसँगै नेपालमा को’रोना स’ङ्क्रमणको कारण ज्या’न गु’माउनेको सङ्ख्या १६ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भने यसको पुष्टि गर्न बाँकी छसेल्फ क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने १५ नियम

१. म पर्याप्त भेन्टिलेसन भएको कोठामा एक्लै बस्नेछु र यो सम्भव नभएमा छुट्टै ओछ्यानमा सुतिरहेको अर्को व्यक्तिसँग कम्तिमा १ मिटर दूरी राख्नेछु २. म छट्टै वाथरूम र शौचालयको प्रयोग गर्नेछु र यदि यो सम्भव नभएमा प्रयोग गरेपछि बाथरूम र शौचालय आफै सफा गर्नेछु ।३. म आफू बस्ने कोठा आफै सफा गर्नेछु ।४. म घरभित्र साझा रूपमा प्रयोग हुने ठाउँहरू जस्तै भान्सा, शौचालयमा मेरो आवातजावतलाई सीमित गर्नेछु । यी साझा ठाउँहरूमा पर्याप्त भेन्टिलेसन भएको वा झ्याल खुला रहने सुनिश्चित गर्नेछु ।

५. म स्वास्थ्य संस्था जान बाहेक अन्य कामको लागि घर बाहिर जाँदिन । म काममा, विद्यालयमा वा सार्वजनिक क्षेत्रहरूमा जाँदिन र सार्वजनिक यातायातको प्रयोग गर्दिन ।६. म नियमित रूपमा आफ्नो हात साबुन र पानीले मिची मिची २) सेकेन्डसम्म धुनेछु वा हात सफा राख्न अल्कोहलयुक्त हेन्ड सेनिटाइजर प्रयोग गर्नेछु । म हात नधोइ मेरा आँखा, नाक र मुख छुनबाट जोगिनेछु ।

७ मैले प्रयोग गर्ने गिलास,कप, खाना खान प्रयोग हुने भाडा, तौलीया रुमाल,ओछ्यान वा अन्य सामानहरू घरका अन्य व्यक्तिहरूसँग साझा प्रयोग गर्दिन । प्रयोग गरेपछि यी सामानहरू म साबुन र पानीले सफासँग धुनेछु ।८. म अन्य व्यक्तिहरूसंग प्रत्यक्ष सम्पर्क गर्ने छैन ।९. यदि अन्य व्यक्तिहरूसंगको सम्पर्कमा आउनु पर्दा म कम्तिमा १ मिटर (३ फिट) को दुरी राख्नेछु र म अर्को व्यक्तिसँग एउटै कोठामा हुँदा र स्वास्थ्य संस्था जाँदा मास्क लगाउनेछु ।

१०. खोक्दा वा हाच्छिउँ गर्दा म मेरो मुख र नाकलाई टिस्यु, रुमाल र कुहिनाले छोप्नेछु ।११. म आफ्नो कोठाबाट प्रयोग गरिएको टिस्यु, रूमाल, मास्क र अन्य चीजहरू छुट्टै फोहोर फाल्ने ठाउँमा फाल्नेछु र फालेपछि तुरून्तै कम्तिमा २० सेकेन्डसम्मका लागि आफ्नो हात साबुन र पानीले मिची मिची धुनेछु । रूमाल वा पुन प्रयोग गर्ने कपडा साबुन र पानीले सफासँग धुनेछु र यसलाई घाममा राम्ररी सुकाएपछि मात्र प्रयोग गर्नेछु ।

१२. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त निर्देशनहरूको पालना गर्नेछु र आवश्यक सहयोगको लागि सधैं तयार रहनेछु ।१३. म क्वारेन्टाइनमा रहँदा आफ्नो शरीरको तापक्रम दैनिक एक पटक जाँच्नेछु र दिइएको फाराममा रेकर्ड गर्नेछु । मलाई दिईएको निर्देशन अनुसार १४ दिनसम्म मेरो दैनिक स्वास्थ्य स्थिति बारे तोकिएको स्वास्थ्य निकायमा जानकारी दिनेछु ।

१४. कुनै पनि स्वास्थ्य समस्या देखिएको खण्डमा वा क्वारेन्टाइनमा बस्दा अन्य केही समस्याहरू भएमा तोकिएको स्वास्थ्य निकायवाट प्राप्त निर्देशनहरू अनुरूप गर्नेछु ।१५. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंगको पूर्व अनुमति बिना क्वारेन्टाइन स्थान भन्दा बाहिर यात्रा गर्ने छैन । आवश्यक भएमा यहाँ सम्पर्क गर्न सक्नु हुनेछ ।