Jagaran Nepal बिहिबार, जेठ २९, २०७७

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) कोरोना भाइरसमा मौसम परिवर्तनको प्रभाव कस्तो पर्छ भन्ने स्पष्ट नरहेको जनाएको छ।पृथ्वीको दक्षिण ध्रुवमा जाडो मौसम आउँदा कोरोना भाइरसको प्रभाव कस्तो पर्छ भन्ने स्पष्ट नरहेको डब्लूएचओका आपतकालीन कार्यक्रम प्रमुख माइक रायनले नियमित प्रेस ब्रिफिङमा बताएका हुन्।

उनले कोरोना भाइरसको सङ्क्रमण जाडो याममा थप तीव्र गतिमा हुन्छ वा सङ्क्रमणको जोखिम कम हुन्छ भन्ने अहिलेसम्म भन्न सकिने अवस्था रहेको बताएका हुन्।मौसमले कोरोना भाइरसको प्रभाव कम वा बढी हुन्छ भन्ने भ्रममा नपरी सावधानी अपनाउन उनले सुझाव दिए।