Jagaran Nepal बिहिबार, जेठ २९, २०७७

अभिनेत्री निरिषा बस्नेत यतिबेला चर्चामा छिन् । मुम्बईमा रहेर हिन्दी धारावाहिकहरूमा समेत अभिनय गरिसकेकी यी अभिनेत्रीलाइ कोरोना भाइरस भएपछि उनको चर्चा भएको हो  ।‘जानी नजानी’फेम अभिनेत्री निरिशा अभिनित उक्त चलचित्रले औसत व्यवसाय गरे पनि निरिषाको अभिनयले भने सबैलाई प्रभावित बनायो । पुराना चलचित्रकर्मी विश्व बस्नेतकी यी छोरीले पहिलो नेपाली चलचित्रबाटै प्रशस्त सम्भावना देखाएकी छिन् ।

चलचित्रमा उनले यति प्रभावकारी अभिनय गरेकी छिन् कि चलचित्र हेरेर फर्किने दर्शकहरूको आँखामा निरिषाको अनुहार तथा भूमिका स्मरणमा रहिरहनेछ ।जानकारी अनुसार भारतको मुम्बईमा रहेकी अभिनेत्री निरिशा मुम्बईको कोकिला अस्पतालमा उपचारत छन् । निरिशाले ‘जानी नजानी’बाट नेपाली फिल्ममा डेब्यू गरेकी थिइन् । उक्त फिल्मले बक्स अफिसमा खासै सुखद् व्यापार गर्न सकेन । पछिल्लो समय उनी भारतको मुम्बईमा रहेर विभिन्न सिरियलमा काम गर्दै आएकी छन् ।