Jagaran Nepal बिहिबार, जेठ २९, २०७७

काठमाण्डौ – सरिता गिरीले राष्ट्रहित विपरित दिएको अभिब्यक्तिले अहिले सर्वसाधारणमा आ’क्रोश बढेको छ । नेपालले नयाँ नक्सा जारी गरेर भारतले अतिक्रमण गरेको भूमी पनि समावेश गरेपछि जसपाकी सांसद सरिता गिरीले नक्सा जारी गर्दा भारतको अनुमति लिनुपर्ने अभिब्यक्ति संसदमा दिएकी थिइन् । सो अभिब्यक्तिको अहिले सामाजिक सञ्जालमा निकै आलोचना भइरहेको छ । सर्वसाधारणमा यति धेरै आ’क्रोश छ की त्यसको उदाहरण तल दिएको भिडियोको लिंकमा हेर्न सक्नुहुन्छ ।

पत्रकार ऋषी धमलासंग अन्तरवार्तामा बसेकी सरिता गिरीको अभिब्यक्ति सहन नसकेर एक युवाले आफ्नो टिभी नै फु’टाएका छन् । पत्रकार धमलाले गरेको प्रश्नमा हो हो मिलाइरहेका उनले सरिताको अभिब्यक्ति प्रति निकै आ’क्रोश ब्यक्त गरेका देखिन्छन् ।यसै क्रममा पत्रकार धमलाले नेपालले आफ्नो भूमी समेटेर नयाँ नक्सा जारी गर्दा भारतलाई सोध्नुपर्ने ? भन्दै सरितालाई प्रश्न गर्छन । लिम्पियाधुरा त नेपालको भूमी हो नी ? उनको प्रश्न थियो ।

त्यसको जवाफमा सरिताले लिम्पियाधुरा नेपालको भूभाग हो भनेर तपाईले भनेर हुन्छ ? त्यसको प्रमाण चाहिदैन ? म मान्दिन लिम्पियाधुरा नेपालको भूभाग हो भन्ने कुरा । सरिता गिरीको यो जवाफ सुनेपछि टिभी हेरीरहेका ति युवाले आफ्नो रिस थाम्न सक्दैनन् । हातमा उठाएको चप्पलले हा’न्छन् । त्यती हुँदा पनि टिभी फु’ट्दैन अनि अलि पर पुगेर अर्को बस्तुले टिभीमा हान्छन् । उनले गरेको प्रहारले टिभी झ’राम झुरुम हुन्छ ।

यो भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । ति युवा को हुन् ? कहाँका हुुन् भन्ने कुरा भने यो भिडियोवाट खुल्दैन । सरिता गिरीको अभिब्यक्तिको अहिले निकै आलोचना भइरहेको छ । केही युवाहरु वुधवार राति उनको घर अगाडी कालो झण्डा लिएर बिरोधमा पनि पुगेका थिए । उनीहरुले सरितालाई भारत फर्कन भन्दै नारावाजी समेत गरेका थिए । भिडियो source : etajakhabar