Jagaran Nepal आइतबार, जेठ ११, २०७७

पौराणिक शास्त्रहरुमा असल गुण वा चरित्रबारे भनिएको छ, ‘अरुलाई दिएको दानको कुरा गोप्य राख्नुपर्छ ।’ अर्थात् त्यसलाई प्रचार सामाग्री बनाउनु हुँदैन । सहयोग गर्ने नाममा सेल्फी खिचेर सामाजिक सञ्जालमा फैलाउने लहड चलेको यो जमनामा एउटा सान्दर्भिक नीतिकथा प्रस्तुत गरिएको छ । एक पटक एक पुरुष आफ्ना मित्रसँग कतै हिँडिरहेका थिए । हिँड्दा हिँड्दै उनीहरुले बाटोमा एक भिखारी देखे । भिखारी टिठलाग्दो ढंगले हात फैलाएर बसेका थिए । ती पुरुष भिखारी नजिकै गएर केही दान दिए । त्यहाँबाट अगाडि बढिसकेपछि पुरुषले आफ्ना मित्रसँग फूर्तिसाथ सुनाए ‘म एकदमै मनकारी छु । मलाई गरिब-दीनदुःखी देख्नै हुन्न । मन पग्लिहाल्छ । म वास्तवमा दानी पनि हुँ । मेरो यो स्वभाव मलाई विशिष्ठ लाग्छ । यसमा तपाईं के भन्नुहुन्छ ?’

मित्रले जवाफमा भने, ‘हजुर, कुनैबेला म पनि यस्तै ठान्थे, जो अहिले तपाईं महसुस गरिरहनु भएको छ । आफ्नो महानता प्रदर्शन गर्नका लागि मैले एक विशाल भोज पनि आयोजना गरें । त्यस भोजमा मैले नगरेका सबै व्यक्तिलाई निमन्त्रणा गरेको थिएँ । मलाई के लागेको थियो भने जब उनीहरु मैले आयोजना गरेको भोजमा सरिक हुनेछन्, भरपेट खानेछन्, तृप्त हुनेछन् । तब उनीहरु मप्रति अनुग्रहित हुनेछन् र मेरो महानता सिद्ध हुनेछ ।’ उनले भन्दै गए, ‘जतिबेला भव्य भोज चलिरहेको थियो, म आफ्नो घरको छतमा उभिएको थिएँ । मैले त्यहाँबाट एउटा अनौठो दृश्य देखें ।’

पहिलो पुरुषले उत्सुकताका साथ सोधे, ‘अँ त, के देख्नुभयो ?’

‘एक व्यक्ति बञ्चरो बोकेर रुख काटिरहेको थियो । सायद उनलाई मैले भोज आयोजना गरेेको थाहा थिएन । मलाई यस्तै लाग्यो ।’

पहिलो पुरुषले सोधे, ‘त्यसपछि के भयो ?’

साथी भन्दै गए, ‘मैले आफ्ना सहयोगीलाई ती व्यक्ति भएकोमा पठाएँ र भोजबारे जानकारी दिन लगाएँ । साथै उनीहरुलाई साथै लिएर आउनु पनि भनेँ । सहयोगीहरु तुरुन्तै ती व्यक्तिकहाँ गए । तर, फर्केर आउँदा उक्त व्यक्ति साथमा आएका थिएनन् । उनीहरुले खबर सुनाए कि, ती व्यक्ति मेरो भोजमा आउनका लागि तयार छैनन् ।’

पहिलो पुरुषले जिज्ञासापूर्वक साथीमाथि दृष्टि बिच्छ्याए । साथी भन्दै गयो, ‘मलाई उसको कुरा धेरै अनौँठो लाग्यो । म आफैँ उनीकहाँ गएँ र भोजमा आउनका लागि कर गरेँ ।’

‘अनि के भयो ? के ऊ आयो ?’ पहिलो पुरुषले हतार हतार सोध्यो ।

त्यसपछि उसले उत्तर दिँदै भन्यो ‘म आफ्नो मेहनतको रोटी खान्छु । अर्काको दान, कृपा, भलाईको बोझ मलाई पटक्कै रुचि छैन । हो, उनको जवाफ पाएदेखि नै मैले आफ्नो महानता प्रदर्शन गर्न छाडिदिएँ ।’

तब पहिलो पुरुषले भन्यो, ‘अहो कुरा सही हो, हामी अरुलाई दिएर आफूलाई महान घोषित गर्न लोभिएका छौं । यसरी मनमा स्वार्थ राखेर दिइने कुराको के सार्थकता भो र ?’

श्रीमद्भागवत गीता : अनुचित कर्मको कारण के हो ?

यो ज्ञान परमात्माबाट सूर्यलाई, सूर्यले त्यसको उपदेश मनुलाई दिए । मनुले इक्ष्वाकुलाई दिए । यसैगरी राजषिर्हरु यस ज्ञानलाई जान्ने गर्छन् । जसले आफ्नो अन्तर्मनलाई जानेर व्यवहार गर्छन्, उनीहरु नै ज्ञानी हुन् । जसले यसमा रहेको ब्रहृमज्ञानलाई जानेर व्यवहार गर्छन् । उनीहरु नै ज्ञानी हुन् । त्यसैले ज्ञानीहरु कस्ता हुन्छन् ? भन्ने बारेमा पनि गीतामा श्रीकृष्णले नै बताएका छन् ।

गीतामा निस्काम कर्मको कुरा

श्रीमद्भागवत गीता एक निस्काम कर्म योग सिकाउने शास्त्र हो । यसमा कर्मलाई नै प्रधान मानिएको छ । त्यो पनि आशक्ति र कुनै प्राप्तिको लागि नभई स्वतन्त्र रुपमा गरिने कर्म नै उसको मन्त्र हो । एउटै विषयमा समेत अनेकानेक दर्शन जोडिएको यो शास्त्रमा उल्लेख गरिएको निस्काम कर्म योग के हो ? यसमा कर्मलाई कसरी परिभाषित गरिएको छ ? भन्ने कुरालाई स्वयं श्रीकृष्णले बताएका छन् ।

गीतामा नै कर्मयोग, ज्ञान योग र भक्तियोगको कुरा उल्लेख गरिएको छ । यसै अन्तर्गत् रहेको कर्म योगमा पनि अनुचित कर्म भनेर पनि उल्लेख गरिएको छ । गीतामा श्रीकृष्णले भनेका छन् अधिष्ठान (कर्मको आधार), कर्ता (गर्नेवालाको शक्ति एवं योग्यता), नाना प्रकारका सामग्रीहरु, विभिन्न प्रकारका चेष्ठाहरु तथा अनुकूल या प्रतिकूल अवस्था नै पाँच अनुचित कर्मको कारणहरु हो भनिएको छ । जुन मनुष्यको शरीर मन तथा वाणीबाट प्रारम्भ हुन्छ । त्यही अनुचित कर्मबाट बच्नु नै सत् मार्ग हो र यही मार्गमा हिँड्ने मानिस नै ज्ञानी हो ।

ज्ञानीहरु त यस लोकमा गर्ने सबै कार्य कारणबाट मुक्त भइसकेका हुन्छन् । यस्तो अवस्थामा उनीहरुको कर्म के हो भन्ने विषयमा श्रीकृष्ण स्वयं भन्छन् ‘संसारमा ज्ञानको बारेमा केही पनि जानकारी नभएकाहरुको लागि मुक्तिको बाटो सिकाउनु नै ज्ञानीको कर्म हो ।’

उनी आफूलाई समेत एक ज्ञानीको रुपमा व्याख्या गर्दै भन्छन् ‘मेरो यो लोकमा अब गर्नुपर्ने कुनैपनि कार्य छैन । तर, पनि म सत् कार्यतिर लागिरहेको छु । किनभने यदि कोही पनि ज्ञानीजनले आफ्नो कर्म गरेनन् भने सामान्य मानिसहरुले समेत उनीहरुको नक्कल गरेर सत् कर्ममा मन नै लगाउँदैनन् । जसले उनीहरु भ्रष्ट हुन पुग्छन् ।

सामान्य मानिसहरुको कर्म के हो ?

जस्तो गीताको तेस्रो अध्यायमा रहेको शत्रु विनास प्रेरणा सम्बन्धी अध्यायमा भनिएको छ : ‘स्वधर्म निधनं श्रेयोः परधर्माे भयावहः’ अर्थात् आफ्नो धर्मलाई त्यागेर अर्काे धर्मको धारण गर्नु भयावह विषय हो । यसको अर्थ झट्ट हेर्दा हामीहरु कोरा धर्मको मुद्दालाई उठाउने गर्छन् ।

तर, यसमा उल्लेख गरिएको धर्म सम्बन्धी विषयले केवल धर्मको कुरा नगरेर हामीले गरिने कार्यलाई उल्लेख गरेको पाइन्छ । जस्तो कुनैपनि व्यक्तिको कर्तव्य पूरा गर्नुु नै उसको धर्म हो भने कर्तव्य पूरा नगर्नु पाप हो । त्यसैले गीतामा भनिएको पनि आफ्नो कार्य त्यागेर जो कोही पनि अरुको कार्य तिर आशक्ति राख्छ भने त्यो भयावह हुनसक्छ ।

त्यस्तै, गीतामा भनिएको अर्काे श्लोक छ ‘कर्मण्येवाधिकारस्ते मा फलेषुकदाचन’ अर्थात् कुनैपनि व्यक्तिलाई कर्म गर्ने अधिकार छ । तर, त्यसको फल खोज्ने होइन । यसको अर्थ कुनैपनि मानिसहरु दुःख गरेर काम गर । तर, त्यसको फल नखोज भन्न खोजेको हो ? पक्कै होइन ।

यसको अर्थ यो हो कि कुनैपनि कामबाट फलको आशा राख्ने मानिस कहिलै पनि सन्तुष्ट हुन सक्दैन । त्यसैले जति कर्म गरिन्छ । त्यसबाट आउने फलमा नै चि त्त बुझाउनु नै मन शान्ति र दुःख निवारणको मुख्य मार्ग हो । त्यसैले यही शान्तिको लागि नै गीतामा यो व्याख्या गरिएको हो ।

खुसी रहन चाहनु हुन्छ ? यी ६ कुरा कहिल्यै नभुल्नुस्

हरेक मानिस खुसी हुन चाहन्छ । तर धेरैले जीवन जिउने तरिका नजानेर दुःखी हुन्छन् । मनदेखि प्रसन्न ब्यक्ति शारीरिकरुपमा पनि स्वस्थ हुने चिकित्सकहरु बताउँछन् । यहाँ जीवनमा खुसी रहन गर्नु पर्ने छ चीजको चर्चा गरिएको छ ।

१ हसाउँने कुराहरु हेर्नुस्

हाँसोले जीवनलाई सहज बनाउँछ । हाँसो रोक्दा घाटा हुन्छ । हाँसोलाई सके सम्म उजागर गर्नुस् । तपाइँलाई हसाउँने चुटकिला, चलचित्र वा कुनै टेलिभिजन शो नियमित हेर्ने गर्नुस् । एक पटक हेरिसकेको चलिचित्र वा शो फेरि हेर्दा पनि कुनै घाटा हुँदैन यदि त्यसले हसाउँछ भने ।

२ बाहिर निस्कनुस्

तपाइँ गाउँमा बस्नु हुन्छ कि ठूलो शहरमा त्यसले खास फरक पार्दैन । तपाइँ बाहिर निस्कनुस् दुनियाँ हेर्नुस् । आसपासमा भैरहेका परिवर्तनले मानिसलाई जीवन उर्जा दिन्छ । यदि नजिकै बगैचा वा पार्क छ भने त्यहाँ केहीबेर बस्नुस् । बाहिर निस्किँदा घाम छ भने त्यसले पनि फाइदा गर्छ । घामबाट पाहिने भिटामिन डीले निराशा र दिक्कपनबाट मुक्ति दिन्छ ।

३ नियमित ब्यायाम गर्नुस्

विहान उठेपछि वा साँझको समयमा यस्तो केही काम गर्नुस् जसले तपाइँको शरीरबाट पसिना छुटोस् । यसले दिमागलाई तेज बनाउँछ । प्रत्येक दिन ब्यायामको लागि समय निकाल्नुस् ।

४ शरीरमा मालिस गर्नुस्

समय समयमा शरीर मालिस गर्नु स्वास्थ्य र आराम दुवै दृष्टीले राम्रो हुन्छ । दिनमा एक पटक शरीरमा हल्का मालिस गर्दा पनि तपाइँलाई चुस्त र फुर्तिलो बनाउँछ ।