जागरणनेपाल समाचारदाता बुधबार, जेठ ०७, २०७७

नेपालमा कोरोना भाइरसका कारण तेस्रो व्यक्तिको मृत्यु भएको अपुष्ट खबर आएको छ। गुल्मीका संक्रमित पुरुषको बुधबार मृत्यु भएको प्रदेश-५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले जानकारी दिए।

‘१५ मिनेट भयो उहाँको मृत्यु भएको खबर आएको। थप कुरा बुझ्ने काम भइरहेको छ,’ मन्त्री बरालले भनेयस समाचारलाई पुष्टि गर्ने क्रममा हामीले बुटलबलको क्रिमसन अस्पतालको सूचना अधिकारी चन्द्रकान्त बस्याललाई सम्पर्क गर्यौं ।हामीसँगको टेलिफोन सम्पर्कमा बस्यालले भने, “उहाँको निधन भएको छैन । मन्त्रिज्यूलाई कसैले गलत सूचना दियो । त्यही सूचना मन्त्रिज्यूले सञ्चारमाध्यमलाई दिनुभयो ।”

हामीसँग ११ बजेर ५ मिनेटमा टेलिफोनमा कुरा गर्दा बस्यालले उनको अवस्थामा खासै सुधार नआएको बताए । उनी भन्छन्, “केही भएको खण्डमा अस्पताले प्रेस विज्ञप्ती निकालेर सार्वजनिक गर्छ । हल्लाको पछि नलागौं ।”मन्त्रिको र अस्पतालको सूचना अधिकारीको कुरा बाँझिएपछि वास्तवमा के भएको हो भन्ने कुरा सतहमा आउन सकेको छैन ।

याे पनि पढ्नुहाेस् काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी अप्स) मा पुगेर कोरोना संक्रमणको अवस्थाबारे जानकारी लिँदैछन् ।छाउनीस्थित सेन्टरको कार्यालयमा पुगेर ओलीले अपरेशनका संयोजक एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंसहित नेपाली सेनाका वरिष्ठ सैन्य अधिकृतबाट ब्रिफिङ लिँदैछन् ।

कोभिड १९ भाइरसको महामारी नियन्त्रण, रोकथाम तथा प्रतिकार्यका लागि सीसीएमसी अप्सको स्थापना गरिएको थियो । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले अनलाइनखबरसँग कुरा गर्दै प्रधानमन्त्री ओली छाउनमा आउन लागेको पुष्टि गरे ।अप्सले कोरोना संक्रमितको कन्ट्याक ट्रेसिङदेखि औषधि खरिदसम्मका कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ ।

मंगलबार पुष्टि भएका ललितपुरका कोरोना सं’क्र’मि’त कन्ट्याक्ट ट्रेसिङमा खटिएका स्वास्थ्यकर्मी रहेको खुलेको छ।उनी पाँच दिनअघि कपिलवस्तु र रुपन्देहीमा संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङ गरेर फर्किएको स्वास्थ्य विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए।उनले सं’क्र’मि’त पुष्टि भएका स्वास्थ्यकर्मी कन्ट्याक्ट ट्रेसिङबाट फर्किएर होम क्वारेन्टाइनमा बसेको बताए।

ट्रेसिङ कार्यमा खटिएपछि उनको कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो। अहिले उनीसँग सम्पर्कमा आएका कर्मचारीहरूको विवरण लिने कार्य भइरहेको छ।संक्रमित स्वास्थ्यकर्मीसँग सम्पर्कमा आएका कर्मचारीको स्वाब परीक्षण गरिने महानिर्देशक श्रेष्ठले बताए।आज उपत्यकामा जम्मा पाँच जना सं’क्र’मि’त थपिएका हुन्। जसमा काठमाडौंका ३ र भक्तपुर र ललितपुरका एक-एक जना छन्।

याे पनि पढ्नुहाेस् : भरतपुर अस्पतालमा आईसीयूमा उपचाररत बिरामीको मृ’त्यु भरतपुर अस्पतालमा आईसीयूमा उपचाररत बिरामीको मृत्यु भएको छ । सोमवार राति अस्पताल ल्याइएको रौतहट जिल्ला परोहा नगरपालिका– ८ , नरकटियाका ६८ वर्षीय शंकर गिरीको निधन भएको अस्पतालले जनाएको छ ।
स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि सोमवार राती गम्भीर अवस्थामा उनलाई भरतपुर अस्पताल पुर्याइएको थियो । उनमा लामो समयदेखि फोक्सो र श्वासप्रश्वासको समस्या थियो । झन्डै ३–४ महिनादेखि टीबीको औषधि सेवन गरिरहेका उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि वीरगञ्ज स्थित तराई हस्पिटल एण्ड रिसर्च सेन्टर ल्याइएको थियो ।

त्यहाँ अस्पतालले उनमा क्यान्सरको आशंका रहेकोले थप उपचारको लागि बीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल लैजान सुझाव दिएकाले बुवालाई भरतपुर ल्याएको उनको छोरा उपेन्द्र गिरीले बताए । क्यान्सर अस्पतालमा लानुभन्दा पहिला उनमा कोरोना परीक्षण गर्न वीरगञ्जको अस्पतालले भनेकाले भरतपुर अस्पताल ल्याईएको उनले बताए ।

आईसीयूमा उपचाररत उनको मृ’त्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले जानकारी दिए । उनको मृ’त्यु भएसँगै शवलाई कोभिड आइसियुकै आइसोलेसनमा छुट्टै राखिएको भरतपुर अस्पतालका कोभिड–१९ क्लिनिकल संयोजक डा. प्रमोद पौडेलले हाम्रो डक्टर न्युजलाई जानकारी दिए । उनको स्वाब परीक्षणका लागि पठाइएको उनले बताए । बिरामीको मृ’त्युबारे भने अस्पतालले आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

याे पनिः नेपालमा ज्यान गुमाउने दोस्रो व्यक्ति बारे थप ग’म्भी’र खुलासा काठमाडौं । कोरोना भाइरस अर्थात कोभिड–१९ बाट नेपालमा ज्यान गुमाउने दोस्रो व्यक्तबारे थप ग’म्भी’र खुलासा भएको छ । उनका गाउँलेहरुका अनुसार तत्काल अस्पताल नलगेका कारण भएको हो । बाँकेको क्वारेन्टाइनमा रहेका एक युवकको मृत्यु भएपछि नरैनापुर गाउँपालिका–५ मा तनाव र डर उत्पन्न भएको छ । केही सप्ताह पहिले भारतबाट आएका उनलाई बान्ता भएपछि तत्काल अस्पताल नलगेका कारण २५ वर्षीय युवकको मृत्यु भएको आरोप स्थानीयले लगाएका छन् ।

शनिबार राति एक्कासि बान्ता हुन थालेपछि क्वारेन्टाइनमा रहेका व्यक्तिहरुले एम्बुलेन्स बोलाउन आग्रह गरेका थिए । एम्बुलेन्स चालक र स्वास्थ्यकर्मीहरुसँग पीपीई नभएको भन्दै ती युवकलाई अस्पताल लगिएन । स्थानीय अगुवा विनय दीक्षितले बान्ता भएपछि उनलाई क्वारेन्टाइनमै जीवनजल खुवाएर राखिएको बताए । उनका अनुसार समयमै अस्पताल लैजान सकेको भए उपचार सम्भव हुन्थ्यो ।

तर रातिको समय र आवश्यक पर्ने स्वास्थ्य सामाग्री नभएकाले स्वास्थ्यकमीहरुले चाहेर पनि लैजान सकेनन् । नरैनापुरमा प्राथमिक स्वास्थ्य केन्द्र रहेको छ । गाउँपालिका प्रमुख इस्तियाक अहमद साहले क्वारेन्टाइनमा लापर्बाहीका कारण युवकको मृत्यु भएको भन्दै स्थानीयहरु विवादमा उत्रिएको जानकारी दिए । नरैनापुर गाउँपालिकामा क्वारेन्टाइनमा रहेका उनको आज (आइतबार) बिहान ४ बजे मृत्यु भएको थियो ।

पालिकाको ५ मटैयास्थित दिपेन्द्र प्रा.वि. को क्वारेन्टाइनमा बस्दै आएका उनको शनिबार मात्रै स्वाब संकलन गरी कोरोना परीक्षण गर्दा आज संक्रमित भएको खुलासा भएको हो । बाँके नरैनापुरका २५ वर्षीय युवक बुधबार मात्र नेपाल आइपुगेका थिए । नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा बसेका नरैनापुर–५ नयाँ बस्तीका उनको आइतबार बिहान मृत्यु भएको थियो ।

उनको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनी मुम्बईबाट दुई साता लामो यात्रा गरेर नरैनापुर आएका थिए । लामो पैदल यात्राका कारण उनको खुट्टा सुन्निएको थियो । शनिबार राति उनलाई एक्कासी ज्वरो आयो । स्वासप्रश्वासमा समस्या भएपछि एम्बुलेन्स खोज्दा खोज्दै उनको क्वारेन्टाइनमा मृत्यु भएको हो ।

‘अरु कुनै रोग भएजस्तो थिएन’ नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद साहले भने, ‘राति एक्कासी ज्वरो आएको र वान्ता पनि गरेका रहेछन् । पछि स्वास्सप्रस्वासमा पनि समस्या देखिएछ ।’एम्बुलेन्स खोज्दाखोज्दै युवकको ज्यान गएको उनले बताए । तर क्वारेन्टाइनमा बसेकाहरुले समयमा उपचार नपाएर उनको मृ’त्यु भएको बताएका छन् ।

क्वारेन्टाइनमा बसेका उनलाई एक दिनअघि नै वाकवाकी लाग्ने समस्या थियो । शनिबार राति लगातार दुई घण्टा वान्ता गरेका थिए । तर क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मीद्वय दिनेश मौर्य र प्रेम बुढा दुबै त्यहाँ थिएनन् । उनलाई अस्पताल लैजान खोज्दा पीपीई नभएको भन्दै एम्बुलेन्स पनि आएन । क्वारेन्टाइन व्यवस्थापन गरिरहेका नरैनापुर गाउँपालिका–६ का वडा सचिव जीवनलाल यादव पनि सम्पर्कविहीन भएको उनीहरुको आक्रोश छ ।

विहान १० बजेसम्म गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्राबाहेक स्वास्थ्यकर्मी र अन्य कर्मचारी घटनास्थलमा नपुगेको बाँकेका पत्रकार विनय दीक्षितले बताए । क्वारेन्टाइनमा बसेकाहरुले असुरक्षित भएको भन्दै घर पठाउन माग गरेका छन् । ‘यो क्वारेन्टाइन असुरक्षित छ, हामीलाई घर नपठाए अन्दोलन गर्छौं’ क्वारेन्टाइनमा बसेका एक युवकले भनेका छन् ।