Jagaran Nepal बिहिबार, बैशाख २५, २०७७

काठमान्डौ , प्रधानमन्त्री केपी शर्मा ओलीले ठिक सातबजे दिप प्रज्वलन गरेका छन ।कोरोना महामारीविरुद्धको लडाईंमा अग्रभागमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीप्रति सम्मान प्रकट गर्न भन्दै बुद्ध जयन्तीका अवसरमा बालुवाटारमा गरिएको दीप प्रज्ज्वलन कार्यक्रममा उनी सहभागी भएका हुन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको सामूहिक दीप प्रज्ज्वलनमा प्रधानमन्त्रीसँगै मन्त्रिपरिषद्का सदस्यहरूसमेत सहभागी भएका छन्।सरकारले बुद्ध जयन्तीको दिन बिहीबार साँझ दीप प्रज्वलन गर्न जनतालाई आह्वान गरेको थियो ।

बुधबारको मन्त्रिपरिषद् बैठकले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सम्मानमा दीप प्रज्वलन गर्न आह्वान गर्ने निर्णय गरेको थियो ।प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिगत रूपमा समेत यस्तो अपील गरेका थिए। कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य कर्मी र सुरक्षाकर्मीहरु फ्रन्टलाइनमा बसेर काम गरिरहेका छन्।