Jagaran Nepal बिहिबार, जेठ ०५, २०७९

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । दाँतमा समस्या देखिएपछि ओली मंगलबार अस्पताल गएका थिए।

अस्वस्थताकै कारण मंगलबार बिहान मदन भण्डरी र जीवराज आश्रितको स्मृति दिवसमा आयोजित कार्यक्रममा ओली सहभागी भएका थिएनन्। दिउँसो उनी संसद बैठकमा पनि अनुपस्थित थिए।

ओलीलाई चुनावअघि नै दाँतको उपचार गर्न चिकित्सकले सुझाव दिएका थिए। ओलीले व्यस्तताको कारण उपचार गरेका थिएनन्। ओली अहिले बालकोटस्थित निवासमै आराम गरिरहेका छन् । अत्यावश्यक बाहेक सबै भेटघाट बन्द गरिएको छ । नेकपा एमाले विभाजन गरेर वरिष्ठ नेता माधव नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरेपछि ओली सक्रिय भएका थिए ।

एस. एण्ड एस. मिडिया प्रा. लि.द्धारा संचालित

सूचना विभाग दर्ता नंः
ठेगानाः घोराही उपमहानगरपालिका-१७ घोराही, दाङ
सम्पर्क: [email protected]/९८०३१५५५३१